१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

प्रतिनिधिसभाः चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी

प्रतिनिधिसभाः चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी
प्रतिनिधिसभा बैठक
अ अ+ अ-

काठामाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक–२०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको छ । बैठकमा कानुन न्याय ताथ संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले धारणा राख्नुभएको छ ।

छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले बजेटमा द्वन्द्वका मुद्दालाई सम्बोधन गर्ने कुनै कार्यक्रम नआएको बताउनुभयो । भूमि व्यवस्थाका सन्दर्भमा उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमिबाट विदेशी फौज हटाउने कुरा सम्बोधन नभएकाले बजेट जनमैत्री नभएको जिकिर गर्नुभयो ।

सांसद पुष्पा भुसाल गौतमले गरिब परिचयपत्र कार्यक्रमलाई २७ जिल्लामा मात्रै होइन सबै क्षेत्रमा पु¥याउन जरुरी रहेको औँल्याउनुभयो । उहाँले बाढी पहिराबाट विस्थापितलाई पनि अव्यवस्थित बसोबासभित्र समेटेर त्यहीअनुसार योजना निर्माण गरी व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

सांसद डिला सङ्ग्रौलाले महिला मन्त्रालयका शीर्षकमा भाग लिँदै सडक तथा अभिभावकविहीन बालबालिकाको उचित व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो । उहाँले बजेट सान्दर्भिक रहे पनि कार्यान्वयन कस्तो हुने हेर्न बाँकी रहेको बताउनुभयो ।

विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले दिनप्रतिदिन नेपाली युवा दुव्र्यसनको सिकार हुँदै गएको र दुव्र्यसनको न्यूनीकरणका लागि बजेटमा कुनै कार्यक्रम नआएको बताउनुभयो । उहाँले मुलुकका युवाशक्ति विदेशिनेक्रम रोकेर युवा तथा खेलकुद मन्त्रालयले युवालाई स्वदेशमा रोकेर सिर्जनशील सीप र रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद दुर्गा पौडेलले स्वदेशमा रोजगारी सिर्जना हुने गरी बजेट व्यवस्थापन जरुरी रहेको बताउनुभयो । युवालाई व्यस्त बनाउने योजना नहुँदा युवा दुव्र्यसनमा लाग्ने सम्भावना रहेको पनि बताउनुभयो । सांसद शिवमाया तुम्बाहाङ्फेले शान्ति प्रक्रियालाई छिटो टुङ्गोमा पु¥याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले द्वन्द्वपीडितको पहिचान, उजुरीको छानबिन प्रक्रिया अघि बढ्न नसकेको बताउनुभयो ।

सांसद जुलीकुमारी महतोले महिलाको आर्थिक पहुँच र वृद्धिमा बजेटले ध्यान दिन नसकेको बताउनुभयो । सांसदहरू दुर्गाकुमारी विक, निरादेवी जैरु, विमला विक, घनश्याम खतिवडा, जगतबहादुर सुनार (विश्वकर्मा), मनकुमारी विसी, मिना सुब्बाले पनि विनियोजन विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो ।

बैठकमा सांसदहरू प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्बाहाङ्फे, जगतबहादुर सुनार (विश्वकर्मा), घनश्याम खतिवडा र जुलिकुमारी महतोले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका छुट्टाछुट्टै शीर्षकमा खर्च रकमलाई घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।