१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापनमा खटिए वडाध्यक्ष रिजाल



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को फोहोरहरु वडा कार्यालयमा राखिने भएको छ। महानगरको फोहोर उठ्न नसकेको अवस्थामा मुकुन्द रिजाल आफै फिल्डमा सक्रिए भएर फोहोर संकलनमा लागेका हुन्।

सोमबार दिउँसोदेखि वडाको फोहोर संकलनमा वडाध्यक्ष रिजाल जुटेका हुन्। वातावरण व्यवस्थापन विभागको सहयोगमा वडामा पर्ने सोह्रखुट्टे चोकबाट फोहोर संकलनको काम सुरु भएको हो। कालधारा र शाशा गेटमा रहेको फोहोर संकलन गरेको वडाले तीन गाडी फोहोर संकलन भएको छ।

अल्पकालीन व्यवस्थाका लागि फोहोर संकलन गरिएको रिजालको भनाई छ। संकलन गरिएको फोहोर वडा कार्यालयमै राखिने र बञ्चरे डाँडामा भएको अवरोध हटेसँगै यहाँबाट लगिनेछ।