२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापनमा खटिए वडाध्यक्ष रिजाल



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को फोहोरहरु वडा कार्यालयमा राखिने भएको छ। महानगरको फोहोर उठ्न नसकेको अवस्थामा मुकुन्द रिजाल आफै फिल्डमा सक्रिए भएर फोहोर संकलनमा लागेका हुन्।

सोमबार दिउँसोदेखि वडाको फोहोर संकलनमा वडाध्यक्ष रिजाल जुटेका हुन्। वातावरण व्यवस्थापन विभागको सहयोगमा वडामा पर्ने सोह्रखुट्टे चोकबाट फोहोर संकलनको काम सुरु भएको हो। कालधारा र शाशा गेटमा रहेको फोहोर संकलन गरेको वडाले तीन गाडी फोहोर संकलन भएको छ।

अल्पकालीन व्यवस्थाका लागि फोहोर संकलन गरिएको रिजालको भनाई छ। संकलन गरिएको फोहोर वडा कार्यालयमै राखिने र बञ्चरे डाँडामा भएको अवरोध हटेसँगै यहाँबाट लगिनेछ।