५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ नगरपालिकामा ‘फ्रण्ट डेक्स’ सञ्चालनको तयारी



अ+ अ-

गलकोट । बागलुङ नगरपालिकाले सेवाग्राहीको सजिलोका लागि ‘फ्रण्ट डेक्स’ सञ्चालनको तयारी थालेको छ । नगरकार्यपालिकाको तेस्रो कार्यपालिका बैठकले आम नागरिकको सहजताका निम्ति ‘फ्रण्ट डेक्स’ सञ्चालन गर्ने निर्णय गरको हो । ‘फ्रण्ट डेक्स’ स्थापनासँगै नगरपालिका भित्र छिर्ने वित्तिकै कहाँ के गर्ने भनेर अब सेवाग्राही अलमलिनुपर्ने अवस्थाको अन्त्य हुने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाबाट प्रदान हुने हरेक सेवालाई चुस्त दुरुस्त र यहाँ हुने वेथितिको अन्त्यका लागि डेक्स सञ्चालन गरिने श्रेष्ठको भनाइ छ । “यो डेक्स सञ्चालनसँगै यहाँ बस्ने कर्मचारीले सेवाग्राहीले कुन सेवा लिन आएको हो त्यो सबै बुझ्नेछन्, के के कागजात आवश्यक पर्ने छ, त्यसको बारेमा पनि जानकारी गराउनेछन्”, श्रेष्ठले भन्नुभयो–“कुन कामलाई कति समय लाग्ने, कामको प्रकृति हेरेर कर्मचारीले सेवाग्राहीलाई जानकारी दिनेछन्, सेवाग्राहीलाई कुपन प्रदान गरिनेछ, तोकिएको समयमा काम सम्पन्न हुनेछ, प्रत्येक शाखा शाखामा धाउनुपर्ने छैन ।”

सबै सेवाग्राहीलाई एउटै दृष्टिकोणले सेवा प्रदान गरिने उद्देश्यका साथ नगरपालिकाले नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्देशिका २०७९ नै निर्माण गरेर यो कामलाई अगाडि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।

‘फ्रण्ट डेक्स’मा एक अधिकृत, एका इन्जीनियर सहित पाँच जना कर्मचारी हुनेछन् र कुन शाखामा सम्बन्धीत काम हो उनिहरु मार्फत नै हुने उहाँले बताउनुभयो । सबै नागरिकलाई समान रुपमा सेवा प्रदान गर्नका निम्ती डेक्सको स्थापना गर्ने निर्णय गरिएको सापकोटाले जानकारी दिनुभयो । सेवा प्रवाह निर्देशिकालाई राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्ने उहाँले बताउनुभयो ।




भर्खरै