२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा’का भिलेन सुनिल बर्मा नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अनुबन्धित



अ+ अ-

काठमाडौं । दक्षिण भारतीय अभिनेता सुनिल बर्मा नीता फिल्म्सको नयाँ फिल्म ‘ह्रस्वदीर्घ’मा अनुबन्धित भएका छन् ।

नेपाली बक्स अफिसमा समेत ब्लकबस्टर बनेको फिल्म ‘पुष्पा’ फेम्ड अभिनेता बर्माले नेपाली फिल्ममा डेब्यु लागेका हुन् ।

अभिनेता बर्मालाई अनुबन्धित गरिएकोबारे निर्मात्री एवं अभिनेत्री नीता ढुंगानाले जानकारी दिइन् ।

‘ह्रस्वदीर्घ’मा बर्माले नेपाली भाषामा स्वरांकन गर्नुपर्नेछ । ८ करोड रुपैयाँ बजेट रहेको बताइएको फिल्ममा बलिउड अभिनेता प्रकाश प्रदीप रावत पनि कास्टको रुपमा छन् । फिल्ममा नीता र अभिनेता हरिहर अधिकारीसहित सलोन बस्नेत, सरोज खनाल पनि मुख्य भूमिकामा हुनेछन् ।

आगामी दशैंलगत्तै छायांकनमा जाने तयारीमा रहेको मूलतः नेपाली भाषामा बन्ने ‘ह्रस्वदीर्घ’लाई हिन्दी भर्सनमा पनि लगाइनेछ ।