३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा’का भिलेन सुनिल बर्मा नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अनुबन्धित



अ+ अ-

काठमाडौं । दक्षिण भारतीय अभिनेता सुनिल बर्मा नीता फिल्म्सको नयाँ फिल्म ‘ह्रस्वदीर्घ’मा अनुबन्धित भएका छन् ।

नेपाली बक्स अफिसमा समेत ब्लकबस्टर बनेको फिल्म ‘पुष्पा’ फेम्ड अभिनेता बर्माले नेपाली फिल्ममा डेब्यु लागेका हुन् ।

अभिनेता बर्मालाई अनुबन्धित गरिएकोबारे निर्मात्री एवं अभिनेत्री नीता ढुंगानाले जानकारी दिइन् ।

‘ह्रस्वदीर्घ’मा बर्माले नेपाली भाषामा स्वरांकन गर्नुपर्नेछ । ८ करोड रुपैयाँ बजेट रहेको बताइएको फिल्ममा बलिउड अभिनेता प्रकाश प्रदीप रावत पनि कास्टको रुपमा छन् । फिल्ममा नीता र अभिनेता हरिहर अधिकारीसहित सलोन बस्नेत, सरोज खनाल पनि मुख्य भूमिकामा हुनेछन् ।

आगामी दशैंलगत्तै छायांकनमा जाने तयारीमा रहेको मूलतः नेपाली भाषामा बन्ने ‘ह्रस्वदीर्घ’लाई हिन्दी भर्सनमा पनि लगाइनेछ ।