• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित ★   सरकार छोड्नेबारे उपाध्यक्ष पाण्डेको टिप्पणी: ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ’

पहिराको जोखिमपछि नगर प्रमुखसहितको टोली चाँगुनारायण अस्पताल अनुगमनमा



भक्तपुर । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पताल पहिराको जोखिममा परेपछि आज नगरपालिकाका प्रमुखसहितको टोलीले अस्पतालको अनुगमन गरेको छ ।

पाँच रोपनी क्षेत्रफलमा सरकारको रु तीन करोड ८७ लाखको लागतमा निर्माण सम्पन्न गरी चाँगुनारायण–४ हुची ढुङ्गामा २०७७ मङ्सिर २८ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको अस्पतालको आज नगर प्रमुख जीवन खत्रीले अनुगमन गर्नुभएको हो ।

नगरपालिकाको ग्रामीण क्षेत्रमा प्रसूति सेवासहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले १० शय्यामा सञ्चालित उक्त अस्पतालको उत्तरदिशाबाट माटो र ढुङ्गा खस्न थालेपछि भवनमा हुनसक्ने क्षति र जोखिमको समेत उहाँले अवलोकन गर्नुभयो । नवनिर्वाचित नगर प्रमुख खत्रीले अस्पतालको अनुगमन गर्दै अस्पतालमा जाने सडक नै जोखिममा परेकाले सडक र अस्पताल भवनको संरक्षण एवं पहिरो रोकथामका लागि जतिसक्दो छिटो काम गर्न नगरपालिकाको प्रशासन शाखालाई निर्देशन दिनुभएको छ ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “नागरिकको स्वास्थ्य सरोकार राख्ने अस्पतालको पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य सेवा र अस्पतालको संरक्षण मेरो पहिलो प्राथमिकता हो, यसमा आएका समस्यालाई तत्काल समाधान गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइसकेको छु ।”

उहाँले यहाँका नागरिकको स्वास्थ्यमा सरल पहुँच पु¥याउन गुणस्तरिय स्वास्थ्य सेवालाई दुरुस्त बनाउन, अस्पताल जाने सडक र पहिराको जोखिममा रहेको भवन संरक्षणमा आफू आएपछि नगरपालिकाले गम्भीर रुपमा चासो लिएर काम सुरु गरेको बताउँदै अस्पताल माथिबाट खसेको पहिरो रोकथामका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँग समन्वय गरेर पालको व्यवस्थापन गर्ने र रोकथाम गरिने बताउनुभयो ।

अस्पतालको अनुगमनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद चापागाईंले आज नगरप्रमुख खत्री, अन्य जनप्रतिनिधि र कर्मचारी समेतको टोलीले अस्पतालको अवस्थाकाबारेमा अनुगमन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाहिर हल्ला भए जस्तो अस्पताल भवन जोखिममा परेको छैन, भीर खारेरै अस्पताल भवन बनाएको हो, माथि भिरबाट खुकुलो केही माटो खसेको छ, यद्यपि माटो पनि खस्न नदिने गरी सावधानी अपनाउँदै रोकथाम गर्न रेडक्रससँग पाल लिएर काम गर्दैछौँ ।”

नगरपालिका आगामी आवका लागि बजेट बनाउने काममा तीव्र गतिमा लागिरहेको बताउँदै अब आउने आथिक वर्षमा अस्पतालको पहिरो रोकथाम, सडक पक्की गर्ने, टेवा पर्खाल लगाउने र सेवा गुणस्तरीयता बनाउन आवश्यक बजेट विनियोजन गरेर थप काम गर्ने तयारी भएको उहाँले बताउनुभयो ।