७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध

रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना तयार

रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना तयार
अ+ अ-

रुकुम(पूर्व) । वर्षाको समय नजिकिएसँगै रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समतिकिो बैठकले रुकुम(पूर्व) मा मनसुन आपत्कालीन प्रतिकार्य योजना निर्माण गरेको हो । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम(पूर्व) मा विशेष गरी वर्षाको समयमा पहिरो र बाढी जस्ता मनसुनजन्य घट्नाहरु उल्लेख्य हुने गरेको पाइन्छ ।

यो समयमा पहिरो, हावाहुरी तथा पूर्व जोखिम मूल्याङ्कन नगरी खनिएका सडकका कारण पहिरो जाने अवस्था छ । पहिरोको कारण मुख्य राजमार्गको साथै सहायक सडकसमेत अवरुद्ध भई यातायात प्रभावित हुने गरेको छ ।

मनसुनको कारण उत्पन्न हुन सक्ने प्रकोपबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न, सम्भावित प्रकोपको अवस्थामा राहत, उद्धार र पुनःस्थापना कार्य प्रभावकारी रुपमा सम्पादन गर्न मनसुन प्रतिकार्य योजनालाई आवधिक गरी जिल्लाको आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।

यस कार्ययोजनामा मनसुनको समयमा हुन सक्ने प्रकोपको अवस्थामा प्रभावकारी र यथार्थ सूचना सङ्कलन गर्ने, खोज तथा उद्धारको कार्य शिघ्र र प्रभावकारी बनाउने, विपद्को समयमा राहत सामग्रीलाई समुचित परिचालन गर्ने, पुनःस्थापना कार्र्य सहज बनाउने कुरा समेटिएका छन् । यस्तै, विपद्को अवस्थामा स्वच्छ खानेपानीको आपूर्ति, उचित सरसफाइ र उपयुक्त स्वास्थ्य र पोषण व्यवस्था मिलाउने, जोखिममा पर्न सक्ने वर्गको सुरक्षाको प्रत्याभूत गर्ने, सञ्चारको उपयुक्त प्रबन्ध गर्ने, विद्यार्थीमार्फत मनसुनको समयमा सुरक्षित हुने कुराको प्रचार गर्ने, सबै स्थानीय विपद् व्यवस्थापन समितिलाई मनसुनजन्य आपतकालीन कार्ययोजना निर्माण गर्न सहजीकरण गर्ने विषय समेटिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।

मनसुन प्रतिकार्य योजनामा जिल्लास्थित सबै सुरक्षा निकाय, पालिका, जिल्ला समन्वय समिति, रेडक्रस, सरकारी कार्यालय, स्वास्थ्य संस्था, उद्योग वाणीज्य संघसँगै गैरसरकारी संघसंस्था, राजनीतिक दल, पत्रकार, नागरिक समाजको कार्य विभाजन गरिएको छ । विपद्पूर्व र विपद्को घटना भइसकेपछि अपनाउनुपर्ने सावधानीको बारेमा पनि आपतकालिन कार्ययोजनामा उल्लेख गरिएको छ ।