७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध

सुस्तश्रवण भएका व्यक्तिले पाए डिजिटल श्रवणयन्त्र

सुस्तश्रवण भएका व्यक्तिले पाए डिजिटल श्रवणयन्त्र
अ+ अ-

झापा । नेपाल सुस्त श्रवण संघ प्रदेश नम्बर १ ले ६३ जना सुस्तश्रवण भएका व्यक्तिलाई डिजिटल श्रवणयन्त्र वितरण गरेको छ । कनकाई नगरपालिकाकोे हिमाली माध्यमिक विद्यालयमा दुई दिने शिविरको आयोजना गरी झापा, मोरङ र इलामका सुस्तश्रवणका व्यक्तिलाई करिब ३० देखि ८० हजारसम्म पर्ने डिजिटल श्रवणयन्त्र वितरण गरेको हो ।

संघले शुक्रवार र शनिवार शिविर आयोजना गरी वरिष्ठ कान विशेषज्ञ डा केशवमान डंगोलद्वारा ७७ जनाको कानको श्रवण क्षमता जाँच गरी सो श्रवणयन्त्र वितरण गरेको हो । सो यन्त्र आठ वर्षका वालबालिकादेखि ९३ वर्षका ज्येष्ठ नागरिकसम्मलाई वितरण गरिएको सुस्त श्रवणसंघ प्रदेश नम्बर १ का अध्यक्ष हरिप्रसाद अधिकारीले बताउनुभयो ।

शिविरका लागि प्राविधिक र अन्य सहयोग भने नेपाल सुस्त श्रवण संघको रहेको उहाँले बताउनुभयो । संघले प्रदेशका अन्य जिल्लामा समेत शिविरको आयोजना गरी श्रवणयन्त्र वितरण गर्ने जनाइएको छ । उहाँका अनुसार गत कात्तिक महिनामा समेत जिल्लाका ४२ जना सुस्तश्रवण भएका व्यक्तिहरुलाई डिजिटल श्रवणयन्त्र वितरण गरिएको थियो ।