११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यविनायकको गुण्डुमा वृहत औद्योगिक ग्राम निर्माण हुँदै



अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा जिल्लाकै पहिलो औद्योगिक ग्राम बन्ने भएको छ । स्थानीय सार्की खोल्छा नामबाट चिनिने सो स्थानमा रहेको ८४ रोपनी सार्वजनिक जग्गा र स्थानीयवासीको करिब एक हजार रोपनी जग्गामा विशाल औद्योगिक ग्राम निर्माण गर्न लागिएकोे हो ।

वडा कार्यालय अगाडिकै क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि नेपाल सरकारसँग प्रस्ताव गरिएकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले रु एक करोड बजेट विनियोजन गरेकामा औद्योगिक ग्रामको गुरुयोजना निर्माण अन्तिमचरणमा पु¥याइ कार्यान्वयनका लागि छलफल अगाडि बढाइएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो ।

औद्योगिक ग्रामका लागि गुरुयोजना निर्माण र सडक निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीयवासीलाई अधिकभन्दा अधिक फाइदा हुने र त्यस क्षेत्रमा आर्थिक क्रान्ति आउने गरी आयोजनालाई पूर्णता दिनेबारे विज्ञसहित स्थानीयवासीसँग छलफल सुरु भएको उहाँको भनाइ थियो । सांसद बस्नेतले भन्नुभयो, “त्यस क्षेत्रमा तीन प्रकारका उद्योग सञ्चालनमा आउने छन्, एकमा उपकरणको प्रयोग नगरी उत्पादन हुने माइक्रोइन्डस्ट्री जस्तै हस्तकलाका सामान, दोस्रो घरेलु उद्योगमा उपकरणको प्रयोग हुने जस्तै धातु कला, काष्टकला र तेस्रोमा साना तथा मझौला उद्योग सञ्चालनमा आउने छन् ।”

उद्योगसँगै प्रशासनिक भवन, हरियाली क्षेत्र, स्वास्थ्य उपचार क्षेत्र, मजदूरका बालबालिका हेरचाह केन्द्र, बालग्राम, प्रशोधन केन्द्र, उपकरण सर्भिस सेन्टरलगायत आवश्यक संरचनासमेत निर्माण गरिने छ । त्यस क्षेत्रलाई औद्योगिक सहरको रुपमा विकास गर्दै ल्याण्ड पुलिङ गरी उद्योगीदेखि मजदूरसम्मले घरेडी खरिद गरेर बसोबासको क्षेत्र बनाउन सक्ने गरी पूर्वाधार निर्माण गर्ने योजना रहेको छ ।

औद्योगिक ग्रामको २०० मिटर आसपासका क्षेत्रका बासिन्दाले यहाँका करिब एक हजार रोपनी क्षेत्रफल रहेको आफ्नो निजी जग्गालाई समेत औद्योगिक ग्रामकै रुपमा विकास गरी निजीस्तरमा उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने वा कुनै उद्योग सञ्चालनका लागि जग्गा भाडामा दिएर आम्दानीको बलिायो स्रोत बनाउने सक्ने गरी योजना अगाडि बढाइको छ ।

सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले औद्योगिक ग्राम निर्माणका लागि गुरुयोजना अन्तिम चरणमा पुगेको र स्थानीयवासी एवं विज्ञहरुसँग विभिन्न चरणमा छलफल भइरहेको बताउनुभयो । औद्योगिक ग्राम निर्माण भएपछि यस क्षेत्रलाई आर्थिक क्रान्तिको रुपमा विकास गरिने र स्थानीयस्तरमा रोजगारी समेत वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।