• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   रिसाएकी पत्नीलाई कसरी फकाउने ? ★   हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा ★   कतारका राजालाई स्वागत गर्दै लिङ्देनको प्रतिक्रिया – ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ ★   सरकारले व्यवसायीको हकहतिमा काम गर्नुपर्छ : सांसद डा शर्मा ★   राजस्थान रोयल्ससँगको लज्जास्पद हारपछि के भने हार्दिक पाण्ड्याले ? ★   ‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’ ★   तनहुँका २३ सामुदायिक वनमा आगलागी: सबै नियन्त्रणमा ★   कतारका अमिरको नेपाल भ्रमण: भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह ★   सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिन्छ – गृहमन्त्री ★   टी–२० विश्वकपका लागि सुनिल नारायणले सन्यास फिर्ता लिन्छन् ?

बाजुरामा प्रजिअ, सुरक्षाकर्मीको नेतृत्व र निर्वाचन अधिकृत फेरिए



काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन प्रयोजनका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ । यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन अयोगले तयारी थालेसँगै नयाँ निर्वाचन अधिकृत पठाइएको हो ।

साथै प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखलाई पनि परिवर्तन गरिएको छ ।

सो नगरपालिकामा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन विवादित भएपछि आयोगले नयाँ निर्वाचन गर्न लागेको हो । नगरपालिकाका केही वडामा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेको थियो ।

बुथ कब्जाको आरोप लागेसँगै मतगणना सम्पन्न हुन सकेको थिएन । परिस्थिति जटिल बनेपछि निर्वाचन आयोगले त्यहाँका निर्वाचन अधिकृतलाई नै फिर्ता बोलाएको थियो ।

यसअघिका प्रजिअ उपेन्द्रराज पौडेलको ठाउँमा प्रकाशचन्द्र अधिकारी बाजुरको प्रमुख जिल्ला अधिकारी तोकिएका छन् । यसैगरी नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापा र सशस्त्र प्रहरीका नायब उपरीक्षक गंगादत्त पन्तलाई बाजुरा खटाइएको छ ।