७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती शैक्षिक मेला हुने



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गत ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका निर्देशक विनय अधिकारीले मेलामार्फत नेपाली विद्यार्थी र अभिभावकले ३० भन्दा बढी बेलायतीका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, पाठ्यक्रम, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने बताउनुभयो । निर्देशक अधिकारी बेलायती शिक्षा प्रणाली र गैरआवासीय नेपाली समुदायबारे जानकार अभियानकर्मी पनि हुनुहुन्छ ।

एसआइ युके नेपालका देशीय व्यवस्थापक अस्गर हुँसेनका अनुसार फेयरमा उपस्थित हुने विद्यार्थीले त्यहीँबाट विदेश अध्ययनको प्रक्रिया सुरु गर्नसक्ने र उसले निःशुल्क आइइएलटिएस।, निःशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्राप्त गर्नेछन् । वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधिसँग जानकारी दिलाउन संस्थाले यस्तो मेला गर्दै आएको छ ।

मेलामा तीन हजार ७५ ले एसआई युकेको वेबसाइटमार्फत सहभागिता दर्ता गरिसकेको जनाइएको छ । एसआइ युकेका कार्यालय विश्वका ४० देशमा सञ्चालन छन् भने यसले ७९ ठाउँमा ग्लोबल अफिसमार्फत १५८ विश्वविद्यालयसँग आबद्ध भई विगत १६ वर्षदेखि सेवा प्रवाह गर्दै आइरहेको छ ।