७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध

उन्नत जातले रैथाने बाली विस्थापित

उन्नत जातले रैथाने बाली विस्थापित
अ+ अ-

रामपुर । रामपुर नगरपालिका–८ ढलेबर बस्ने चम्पा आचार्यले आठ वर्षयता उन्नत जातका धानको बीउ प्रयोग गर्न थाल्नुभएको छ । रैथाने बाली लगाउँदा मेहनत र लागतअनुसारको उब्जनी नभएपछि बजारबाट उन्नत जातको धानको बीउ किनेर लगाउने गरेको उहाँले बताउनुभयो । यस वर्ष करिब साढे चार रोपनी खेतमा अहिले बजारमा आएको युएस ३१२ जातको धान लगाउने उहाँले तयारी गर्नुभएको छ । एग्रोभेटबाट प्रतिकिलो रु ६०० मूल्यमा महँगो बीउ खरिद गरी धान लगाउने बन्दोबस्त गर्दै हुनुहुन्छ ।

“गाउँघरमा पहिलेदेखि नै लगाउँदै आएका बाली अहिले पाइनै छाड्यो, बजारमा विभिन्न थरिका नयाँनयाँ जातका बीउ आउँछन्, नयाँ बीउ खरिद गरेर लगाउने गरिएको छ, उन्नत जातको बीउबाट उत्पादन धेरै हुने भएकाले हिजोआज रैथाने बाली लगाउनै छाडियो”, उहाँले भन्नुभयो । उहाँले पहिला थापाचिनी, आमझोत्ते, छोटे जातका धान लगाउनुहुन्थ्यो । यी जातका बाली लगाएर वर्ष दिनसम्म गुजारा चलाउन अप्ठ्यारो, धान लगाइसकेपछि विभिन्न समस्या देखापर्ने भएकाले गाउँघरमा सबै किसानले नयाँ जातका धानखेती गर्न थालेको पाइन्छ ।

उत्पादन धेरै लिन पाइने, पराल पर्ने भएकाले सात/आठ वर्षदेखि नै उन्नत खालका धानको बीउ प्रयोग गर्दै आएको बताउनुहुन्छ, एक्लेटार बस्ने विमला ढुङ्गाना । उहाँ भन्नुहुन्छ, “उन्नत बालीलाई जग्गा धेरै पनि चाहिएन, थोरै जग्गामा खेती गरेर धेरै उत्पादन स्याहार्न पाइन्छ, रैथाने बाली पाँच/सात मुरी फल्ने जग्गामा उन्नत बाली ३०/३५ मुरी फल्ने गर्दछ, दुःख गरेर खेती गरेपछि कमसेक उत्पादन पनि राम्रै हुनुपर्यो, अहिले पुराना बीउ लगाएर उब्जाउनै हुँदैन ।”

उत्पादन नबढ्ने, फल लाग्ने बेलामा ढल्ने, पराल कम पर्ने भएकाले किसानले नयाँ प्रजातिका बीउ खोजी खोजी लगाउने गरेको पाइन्छ । महँगो मूल्यमा हाइब्रिड जातको बीउ खरिद गरेर खेती गर्ने बढेका छन् ।

अहिले जिल्लामा उन्नत जातका नयाँ नयाँ प्रजाति धानको बीउ आउन थालेपछि रैथाने जातका धान देखिन छाडिसकेको छ । जिल्लाबाट रैथाने प्रजातिका धान विस्थापित हुँदै जाँदा नयाँ भनिएका विकासे धानका कारण विभिन्न खाले रोग प्रकोप समेत बढेको किसानको भनाइ छ । हाइब्रिड धानको अतिक्रमणमा परेपछि रैथाने बाली लोप हुँदै गएका हुन् ।

किसानले साँवा मन्सुली, साबित्री, बहुगुडी २, सुनौलो सुगन्ध, युएस ३१२ लगायतका धान लगाउन थालेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रैथाने जातमा मेहनतअनुसारको उत्पादन नहुनु, बीउ पाउन मुस्किन पर्ने, रोग, किरा बढी लाग्नेलगायतका समस्याले किसान रैथाने बाली छाडेर उन्नत जाततर्फ आकर्षित भएका छन्, पुरानो बाली त पाउन मुस्किल भइसक्यो” ।

खानका लागि मसिना, स्वादिलोका लागि अनदी, बर्मेली, झिनुवाँ जातका धान पहिला सबैका खेतमा अनिवार्यजसो लगाइन्थ्यो तर हिजोआज भने यी जातका धान पाउन मुस्किल छ । जताततै उन्नत ९हाइब्रिड० जातका धानको बीउ खेतबारीमा भरिन थालेका छन् । बजारमा उन्नत जातका धानका बीउ आउन थालेपछि रैथाने बीउ किसानले विस्तारै लगाउन छाड्दै जाँदा अहिले लोप हुन पुगेको हो । रैथाने बाली संरक्षण हुनुपर्छ भनेर कतिपय किसानले सम्बन्धित निकायमा माग पनि गरेका छन् ।

धानको गुणभन्दा पनि फल्ने मात्राको लेखाजोखामा किसानको ध्यान छ । उत्पादनमा कमी, जनसङ्ख्या बढ्दो, जग्गा घट्दो भएका कारण धेरै फल्ने जातको खोजीमा किसान छन् । रैथाने धानको लागि गाईभैँसीको मल प्रयोग गर्ने र नयाँ जातको धान युरिया मलको भरमा उत्पादन हुने गरेको कृषक स्वयं बताउँछन् ।

बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ कृषक हाइब्रिड जातका धानमा लोभिने क्रम बढेका कारण पनि हाइब्रिडले रैथाने जातलाई विस्थापन गर्दै गएको हो । उन्नतको तुलनामा रैथाने बाली स्वास्थ्यको लागि धेरै राम्रो मानिए पनि त्यसको खेती गर्नै छाडिएको छ । रैथाने बालीमा पाइने प्रोटिन, कार्बोहाइडेट, आइरन, क्याल्सियम पाइने भएकाले पनि स्वास्थ्यका लागि सेवन गर्नु राम्रो मानिन्छ । धानको मात्र नभई अन्य खाद्यका रैथाने बाली हिजोआज लोप भइरहेका छन् । पुरानो बाली संरक्षणका लागि सम्बन्धित निकायले विशेष योजना ल्याउनुपर्ने हुन्छ ।