२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ अभिनेता सरोज खनालको निर्देशनमा पहिलो फिल्म ‘बगान’ बन्ने



अ+ अ-

काठमाडौं । वरिष्ठ अभिनेता सरोज खनालको निर्देशनमा नेपाली चलचित्र ‘बगान’ निर्माण हुने भएको छ ।

वरिष्ठ अभिनेता खनालको निर्देशनमा बन्न लागेको पहिलो फिल्मको नाम आईतवार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । साथै आज नै फिल्मको तिम्रो सुन्दर आँखा नामक गीत पनि सार्वजनिक भएको छ । अहिले छायाङ्कन भइरहेको फिल्मलाई सुरेश वाग्लेको सहकार्यमा खनाल आफैँले निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै माईती नेपालकी संस्थापक अध्यक्ष एवं समाजसेवी अनुराधा कोईरालाले बालिका र महिला हकहीतको बारेमा फिल्म बन्न लागेको अनुभुति भएको बताउनु भयो ।

उहाँले फिल्ममा वरिष्ठ कलाकाहरु रहेकोले फिल्म राम्रो बन्नेमा विश्वस्त रहेको बताउनु भयो । त्यस्तै अभिनेता, निर्देशक तथा निर्माता दिनेश डिसी दाहालले फिल्मको टिजरमा वास्तविक हुनुपर्ने कुरालाई देखाइएको बताउनु भयो । उहाँले नेपाली फिल्महरुले टिजरमा अब के हुन्छ भन्ने कौतुहलता नउतारेको बेला यो फिल्मले उतारेको भन्दै प्रशंसा गर्नुभयो ।

त्यस्तै नायक आकाश श्रेष्ठले चलचित्रको कथावस्तु उत्कृष्ट रहेको बताउनु भयो । त्यस्तै नव नायिका प्रमिला कार्कीले यो फिल्म आफ्नो डेब्यु भएको र वरिष्ठ कलाकारहरुसँग अभिनय गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । त्यस्तै फिल्मका नवनिर्देशक एवं वरिष्ठ अभिनेता सरोज खनालले शुरुवातमा अभिनय गर्दा नर्भस भएजति नै फिल्म निर्देशनमा पाइला चाल्दा भइरहेको बताउनु भयो । उहाँले आफूले फिल्ममा काम गर्दा सिकेका अनुभवलाई फिल्ममा नयाँ ढंगबाट निर्देशन गर्ने बताउनु भयो ।

फिल्ममा करिश्मा मानन्धर, निर शाह र प्रमिला कार्कीको मुख्य अभिनय रहनेछ । फिल्मलाई आउँदो वैशाखमा हलमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ । गौरीशंकर धुजूको छायाङ्कन रहेको फिल्ममा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पाश्र्व संगीत छ । फिल्मका गीतमा भने सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर दिएका छन् ।




भर्खरै