२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर सर्वाइभर्स दिवस: ‘क्यान्सरका औषधि निःशुल्क तर जनतामाझ पुर्याउन असमर्थ’



अ+ अ-

काठमाडौँ । ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन् ।

आईतवार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलव हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहीत हुनुनपर्ने बताउनु भयो । उहाँले अहिले धेरै प्रकारको टेक्नोलोजि र विज्ञहरु आइसकेकोले ब्लड क्यान्सरको उपचार सहज भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रोग लाग्यो भन्दैमा हतोत्साहीत हुने, औषधि नै नगर्ने, हाम्रो पालोमा रोग लागेपघि घर पठाइन्थ्यो सकिन्थ्यो । तर अब त्यो जमाना होइन, धेरै प्रकारको टेक्नोलोजी र विज्ञहरु आइसक्नुभएको छ ।’

त्यस्तै भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेलले क्यान्सरका धेरै औषधिहरु निःशुल्क पाइने गरेको तर यसको जनतामाझ पुर्याउने कुरामा कमजोरी रहेको बताउनु भयो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि ब्लड क्यान्सर भएर निको भएकोले ब्लड क्यान्सर निको हुनेमा दिव्मत नरहेको बताउनु भयो । निर्देशक पौडेलले सरकारको क्यान्सरको क्षेत्रमा आम नागरिकहरुलाई सहयोग गर्नुपर्ने र क्यान्सर पीडितका लागि सुधिायुक्त अस्पतालहरु बनाउनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्यान्सरका धेरै औषधिहरु निःशुल्क पनि पाइन्छन्, त्यो पनि अझै सबैले पाउन सकेका छैनन् । हामीले यसलाई बढाउनु पर्नेछ । ब्लड क्यान्सर उपचार गरेर निको हुन्छ भन्ने सबैभन्दा राम्रो उदाहरण हाम्रो महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई हेर्दा हुन्छ । यसमा सरकारको दृष्टिकोणबाट पनि सहयोग हुनुपर्छ । सरकारले क्यान्सरका बिरामीहरुका लागि उहाँहरुको सुविधा उपलब्ध हुने खालको सेवाहरु डेभलप गर्नुपर्छ ।’

त्यस्तै भारतस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका हेमाटो–अंकोलोजी एण्ड बोनम्यारो ट्रान्सप्लान्टका निर्देशक डा. दिनेश भुरानीले क्यान्सरका सबै बिरामी भारत गएर उपचार गर्न नसक्ने भएकोले नेपालमै आफू आएर निःशुल्क उपचार गर्ने गरेको बताउनु भयो । उहाँले बिस्तारै बिस्तारै क्यान्सरको उपचार नेपालमा सहज र सुलव हुँदै जाने बताउनु भयो । उहाँले दुई वर्ष यता कोरोनाका कारण राम्रोसँग काम गर्न नपाएको र अब नेपालकै स्थानीय सिस्टमलाई विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्यान्सरका सबै बिरामी भारत गएर उपचार गर्नुभन्दा भारतबाटै यहाँ डाक्टर आएर उपचार गर्दा सस्तो हुन्छ र उपचार पनि राम्रो हुन्छ भन्ने सोचेर नै मैले नेपालमा आएर क्यान्सरको उपचार गर्न थालेको हुँ । हामीले ग्रुपमा यो काम गरिरहेका छौँ । बिस्तारै बिस्तारै क्यान्सरको उपचार नेपालमा सहज र सुलव हुँदै जानेछ । हामीले दुई वर्ष यता काम राम्रोसँग गर्न सकेका छैनौँ । कोरोनाका कारण अब लोकल सिस्टमलाई डेभलप गर्नुपर्छ ।’

त्यस्तै हेमाटोलोजिस्ट डा.निरजकुमार सिंहले वीर अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट बाहेकका सबै उपचारहरु गरिरहेको बताउनु भयो । उहाँले जुनसुकै ब्लड क्यान्सर सम्बन्धी जुनसुकै उपचार समयमै भए निको हुने बताउनु भयो । उहाँले सरकारलाई ब्लड क्यान्सरसम्बन्धी विशेष सेवा दिनका लागि घच्घच्याएर सहज उपचारको पहल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले ब्लड क्यान्सरको उपचार हामीले लगभग बनम्यारो ट्रान्सप्लान्ट बाहेकका सबै उपचारहरु गरिरहेका छौँ । हामी सबै खालका ब्लड क्यान्सर रिलेटेडमा उपचार गरिरहेका छाँै । ब्लड क्यान्सर वा जुनसुकै ब्लड क्यान्सर सम्बन्धी जुनसुकै उपचार समयमै भए निको हुन्छ । डराउनु पर्दैन । हामीले सरकारलाई यसको बारेमा घच्घच्याउने हो भने हामी सबै खाले ब्लड क्यान्सरसम्बन्धी रोगको उपचार गर्न सक्छौँ ।’

त्यस्तै वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले वस्र अस्पतालमा ब्लड क्यान्सर उपचारको लागि स्तरोन्नती गर्ने काम भइरहेको बताउनु भयो । उहाँले वीर अस्पताललाई सेन्टर एक्सेलेन्स हुने गरेर काम शुरु भएको र वीर अस्पताललाई नेपाली नागरिकको अस्पताल, विपन्नको अस्पताल बनाउने काम भइरहेको बताउनु भयो । अस्पतालमा सबै किसिमको सेवाहरु विशिष्टीकृत हुन्छ भन्ने कुरा प्रमाणित गर्ने गरेर काम अघि बढीरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले उहाँलाई पारिश्रमीक सेवा सुविधा दिन सकेका छैनौँ । किनभने सरकारको त्यो मापदण्ड छैन । तरपनि उहाँले निःशुल्क सेवा दिइराख्नुभएको छ । हामीले सेवा दिइरहेका छौँ, स्तरोन्नती गर्न खोजेका छौँ, हामी अझै पनि यो सेन्टरलाई सेन्टर एक्सेलेन्स हुनेगरी हामीले काम गरिरहेका छौँ । हामी अझै वीर अस्पताललाई नेपाली नागरिकको अस्पताल, विपन्नको अस्पताल र यसमा सबै किसिमको सेवाहरु र विशिष्टीकृत हुन्छ भन्ने कुरा स्टाब्लीस गर्न खोजिरहेका छाँै ।’

त्यस्तै क्यान्सर पीडित डा. प्रेम दंगालले टेक्नोलोजीको सिस्टम विकास भइसकेकोले अबका दिनमा ब्लड क्यान्सर भएरै मरिन्छ भन्ने सोच्ननहुने बताउनु भयो । उहाँले ब्लड क्यान्सरको उपचार नेपालमै उपलब्ध भएको र निको हुने भएकोले यसको सूचना प्रचार गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२१ औँ शताब्दीको यो टेक्नोलोजीको जमानामा ब्लड क्यान्सर लागेर मान्छे मर्दैन । यो विषयलाई यही तहमा लिएर जानको लागि प्रचारको कुरा गर्न जरुरी छ । त्यो सबै तह, नेपाल सरकार, सञ्चारमाध्यम, सर्वाइभल सोसाइटीहरु, सिभिल सोसाइटीहरुले यो कुरालाई प्रचार गर्नुपर्छ । यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’

त्यस्तै क्यान्सर पीडित रुबी क्षेत्रीले स्वास्थ्यमा सरकारले राजनीति गर्नुनहुने बताउनु भयो । उहाँले चिकित्सकहरुले ब्लड क्यान्सरको क्षेत्रमा सेवा दिने प्रक्रियालाई सहज बनाउन लागेकोले यसमा साथ दिन आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारले सुनोस्, हेल्थ इस्यूमा राजनीतिकरण नगर्नुहोस । डा.साबहरुले क्यान्सरको क्षेत्रमा सरल र सहज सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ । हामी सहयोग गरौँ ।’

कार्यक्रममा सहभागी क्यान्सर पीडितहरुले नेपालमै ब्लड क्यान्सरको सर्वसुलभ उपचार हुने भएकोले आत्तिनु नहुने बताए । उनीहरुले ब्लड क्यान्सर भयो भन्दै हरेस खानु नहुने र आत्मविश्वासका साथ लड्नुपर्ने बताए ।