१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहाल—नेपाल र लिङदेनबीच सिंहदरबारमा भेट, समसामयिक राजनीतिबारे छलफल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारमा तीन राजनीतिक दलका नेताहरुबीच भेट भएको हो । भेटमा राप्रपाले पृथ्वी जयन्तीको अवसरमा जलपान समारोह आयोजना गर्ने सोही विषयमा निमन्त्रणा गर्न आएको राप्रपा अध्यक्ष लिङदेनले बताउनु भयो ।

उहाँले भेटमा समसामयिक राजनीतिक विषयमा पनि केही छलफल भएको बताउनु भयो । देश बनाउनका लागि संविधान परिवर्तन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर रुपमा भन्दै आएको छ की यो देश पनि बनाउन सकिन्छ । यो देश नबन्नुपर्ने कुनै कारण छैन । यो देश नबन्नुमा मुख्य कारण यो देशको अहिलेको नेतृत्व हो । र अहिलेको नेतृत्वले ल्याएको व्यवस्था हो । त्यसका लागि संविधान परिवर्तन जरुरी छ ।’

अध्यक्ष लिङदेनले दुई राजनीतिक दलले संविधान परिवर्तनको एजेण्डा लिएर सरकार बनाएको भएपनि पूरा नगरेको बताउनु भयो । अहिलेको नेतृत्व र व्यवस्था परिवर्तन जरुरी रहेको बताउनु भयो ।