२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा ‘कमन अलर्ट प्रोटोकल सिस्टम’ विकास गर्नुपर्छः कमलराम जोशी



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले नेपालमा ‘कमन अलर्ट प्रोटोकल सिस्टम’ विकास गर्नुपर्ने बताउनुभएको छ ।

आगामी दिनमा पानी पर्ने वा नपर्ने भन्ने बारेमा जनतालाई सुसुचित गराउन आम नागरिकमाझ एकैपटक सूचना प्रवाह हुने प्रणाली विकास गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महानिर्देशक जोशीले सबैसमक्ष एकैपटक सूचना प्रवाह हुने प्रणाली संसारका केही मुलुकमा आइसकेकोले अबका दिनमा नेपालमा पनि त्यो प्रणालीको विकास गरेर जनतालाई सम्भावित प्राकृतिक विपद्बाट जोगाउनु पर्ने बताउनु भयो ।

उहाँले अबका दिनमा राज्यले आम नागरिकलाई पानी पर्दैछ भन्ने जानकारीका साथै त्यसबाट हुने क्षतिको पूर्व आँकलन गरेर त्यसको बारेमा सचेत गराउनु पर्ने बताउनु भयो । महानिर्देशक जोशीले यसको व्यवस्थित विकास गर्न जल तथा मौसम विज्ञान विभाग, विपद् न्यूनिकरण प्राधिकरण, सुरक्षा निकाय लगायतका सबै सरोकार निकायहरुको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब हामीले जनतालाई के गर्न सक्नुप¥यो भन्दा पानी पर्छ भन्ने मात्रै होइन, पानी परेर यसले कतिसम्म विनाश निम्त्याउन सक्छ । वा पानी परेर बाढी आउँछ, त्यसले गर्नसक्ने विनाशको परिणाम के हुनसक्छ भनेर त्यो प्रभाव बुझाउन सक्नुपर्छ । अर्को कुरा सबैले बुझ्ने, जान्ने र सबै सूचना प्रणालीबाट एकैपटक सूचना प्रवाह हुने प्रणाली डेभलप भएको छ, अन्तर्राष्ट्रिय स्तरमा त्यसलाई कमन अलर्ट प्रोटोकल भन्छन्, सायद हामी बिस्तारै कमन अलर्ट प्रोटोकलमा गयो भने जतिसुकै विशेष कार्यक्रम चलेको होस्, विशेष परिस्थितिमा त्यो सूचना जनतासमक्ष प्रवाह हुने एउटा मेकानिजम डेभलप गर्नुपर्ने हुन्छ ।

यससम्बन्धि विभिन्न निकायहरु जल तथा मौसम विज्ञान विभाग, विपद् न्यूनिकरण प्राधिकरण, सुरक्षा निकाय लगायतका सबै सरोकार निकायहरुको समन्वय र सहकार्यमा कार्य गर्नुपर्छ । जल तथा मौसमको कुनै पोल्टिकल बाउण्ड्री हुँदैन । यसलाई कुनै देश भन्न मिल्दैन । किनभने चीनमा हुने वर्षाले नेपालमा बाढी ल्याउँछ, नेपालमा परेको वर्षाले भारतमा बाढी ल्याउँछ । यसको पूर्वानुमान गर्दा कुनै प्वाइन्ट स्पेसिफिक भन्दा पनि क्षेत्रगत विशेष भएर गर्नुपर्ने अवस्था हुन्छ । आजको दिनमा नेपालमा हामीले क्षेत्रगत विशेष हिमाल, पहाड, तराई र प्रादेशिक आधारमा पूर्वानुमान गर्दै आइरहेका छौँ ।’

महानिर्देशक जोशीले नेपालमा अहिले कुनै स्थान विशेष भन्दा पनि क्षेत्रगत विशेष भएर मौसमसम्बन्धी पूर्वानुमान गरिएको बताउनु भयो । उहाँले नेपालमा अहिले क्षेत्रगत विशेष हिमाल, पहाड, तराई र प्रादेशिक आधारमा पूर्वानुमान गर्दै आएको स्पष्ट पार्नुभयो । अहिले नेपालमा मनसुन प्रवेश भइनसकेपनि मनसुनी गतिविधिका कारण मौसम बदली र वर्षा भइरहेको छ । अबको केही दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने विज्ञहरुले बताएका छन् । मनसुन देशको पूर्वीभेगबाट शुरु हुनेछ ।