७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध

नेपालमा ‘कमन अलर्ट प्रोटोकल सिस्टम’ विकास गर्नुपर्छः कमलराम जोशी

नेपालमा ‘कमन अलर्ट प्रोटोकल सिस्टम’ विकास गर्नुपर्छः कमलराम जोशी
अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले नेपालमा ‘कमन अलर्ट प्रोटोकल सिस्टम’ विकास गर्नुपर्ने बताउनुभएको छ ।

आगामी दिनमा पानी पर्ने वा नपर्ने भन्ने बारेमा जनतालाई सुसुचित गराउन आम नागरिकमाझ एकैपटक सूचना प्रवाह हुने प्रणाली विकास गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महानिर्देशक जोशीले सबैसमक्ष एकैपटक सूचना प्रवाह हुने प्रणाली संसारका केही मुलुकमा आइसकेकोले अबका दिनमा नेपालमा पनि त्यो प्रणालीको विकास गरेर जनतालाई सम्भावित प्राकृतिक विपद्बाट जोगाउनु पर्ने बताउनु भयो ।

उहाँले अबका दिनमा राज्यले आम नागरिकलाई पानी पर्दैछ भन्ने जानकारीका साथै त्यसबाट हुने क्षतिको पूर्व आँकलन गरेर त्यसको बारेमा सचेत गराउनु पर्ने बताउनु भयो । महानिर्देशक जोशीले यसको व्यवस्थित विकास गर्न जल तथा मौसम विज्ञान विभाग, विपद् न्यूनिकरण प्राधिकरण, सुरक्षा निकाय लगायतका सबै सरोकार निकायहरुको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब हामीले जनतालाई के गर्न सक्नुप¥यो भन्दा पानी पर्छ भन्ने मात्रै होइन, पानी परेर यसले कतिसम्म विनाश निम्त्याउन सक्छ । वा पानी परेर बाढी आउँछ, त्यसले गर्नसक्ने विनाशको परिणाम के हुनसक्छ भनेर त्यो प्रभाव बुझाउन सक्नुपर्छ । अर्को कुरा सबैले बुझ्ने, जान्ने र सबै सूचना प्रणालीबाट एकैपटक सूचना प्रवाह हुने प्रणाली डेभलप भएको छ, अन्तर्राष्ट्रिय स्तरमा त्यसलाई कमन अलर्ट प्रोटोकल भन्छन्, सायद हामी बिस्तारै कमन अलर्ट प्रोटोकलमा गयो भने जतिसुकै विशेष कार्यक्रम चलेको होस्, विशेष परिस्थितिमा त्यो सूचना जनतासमक्ष प्रवाह हुने एउटा मेकानिजम डेभलप गर्नुपर्ने हुन्छ ।

यससम्बन्धि विभिन्न निकायहरु जल तथा मौसम विज्ञान विभाग, विपद् न्यूनिकरण प्राधिकरण, सुरक्षा निकाय लगायतका सबै सरोकार निकायहरुको समन्वय र सहकार्यमा कार्य गर्नुपर्छ । जल तथा मौसमको कुनै पोल्टिकल बाउण्ड्री हुँदैन । यसलाई कुनै देश भन्न मिल्दैन । किनभने चीनमा हुने वर्षाले नेपालमा बाढी ल्याउँछ, नेपालमा परेको वर्षाले भारतमा बाढी ल्याउँछ । यसको पूर्वानुमान गर्दा कुनै प्वाइन्ट स्पेसिफिक भन्दा पनि क्षेत्रगत विशेष भएर गर्नुपर्ने अवस्था हुन्छ । आजको दिनमा नेपालमा हामीले क्षेत्रगत विशेष हिमाल, पहाड, तराई र प्रादेशिक आधारमा पूर्वानुमान गर्दै आइरहेका छौँ ।’

महानिर्देशक जोशीले नेपालमा अहिले कुनै स्थान विशेष भन्दा पनि क्षेत्रगत विशेष भएर मौसमसम्बन्धी पूर्वानुमान गरिएको बताउनु भयो । उहाँले नेपालमा अहिले क्षेत्रगत विशेष हिमाल, पहाड, तराई र प्रादेशिक आधारमा पूर्वानुमान गर्दै आएको स्पष्ट पार्नुभयो । अहिले नेपालमा मनसुन प्रवेश भइनसकेपनि मनसुनी गतिविधिका कारण मौसम बदली र वर्षा भइरहेको छ । अबको केही दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने विज्ञहरुले बताएका छन् । मनसुन देशको पूर्वीभेगबाट शुरु हुनेछ ।