७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध

वातावरण दिवसको दिनमा कुरा गरौँ दुर्गन्धित नदी र लाचार राजधानीको

वातावरण दिवसको दिनमा कुरा गरौँ दुर्गन्धित नदी र लाचार राजधानीको
अ+ अ-

काठमाडौँ । राजधानीका सडक, चोक र नदी किनारमा फोहर थुप्रिदा त्यो फेरी काठमाडौँ उपत्यकाका विभिन्न नदीमै मिसिन थालेको छ ।राजधानीमा विगत चार महिनादेखि फोहरको नियमित व्यवस्थापन हुन सकेको छैन । फोहर व्यवस्थापन नहुँदा राजधानी दुर्गन्धित छ । मानिस दैनिक फोहरको थुप्रो पार गरेर सङ्घीय राजधानी काठमाडौँमा यात्रा गर्न बाध्य छन् । राजधानीका जम्मा भएको फोहरमध्ये धेरैजसो काठमाडौँ उपत्यकाका वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी खोलालगायत नदी किनारका सडक एवं सार्वजनिक जग्गामा थुपारिएको छ ।

यसरी थुपारिएको फोहर सिधै नदीमा मिसिने गरेको वातावरणका विषयमा अनुसन्धानमा लाग्नुभएका गोदावरीका अशोक महर्जन बताउनुहुन्छ । पछिल्लो समय राजधानीको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको सिसडोल, बञ्चरेडाँडा क्षेत्रमा विभिन्न माग राखी स्थानीयवासीले लैजान नदिएपछि राजधानी दुर्गन्धित बनेको हो । सडक, चोक, दोबाटो एवं नदी किनारमा फोहर थुप्रिएको छ । मास्क लगाएका मानिस पनि फोहरको थुप्रोमा पुगेपछि नाक थुन्दै हिँडेको दृश्य देखिन्छ ।

सफाइ अभियानले जागरणको काम गरे पनि सार्वजनिक स्थलमा फोहर गर्नेलाई कानूनी कारबाहीको दायरमा नल्याएसम्म फोहरको समस्या समाधान हुँदैन । पछिल्लो समय अभियानकर्मीले फोहर फाल्नेलाई कानुनी कारवाही गराउन प्रमाणसहित दबाब दिँदै आएका छन् ।वाग्मती सफाइ महाअभियानको ४७३ औँ हप्तामा पनि नदी किनारमै फोहर थुपारिँदा गर्मीसँगै नियमितजसो वर्षाका कारण फोहरबाट रोग फैलिन सक्ने त्रासमा राजधानीवासी रहेका छन् । फोहर नउठे पनि वाग्मती सफाइ महाअभियानले शनिबार ४७३औँ हप्ताको सफाइ कार्यक्रम जारी राख्यो । सफाइबाट चार मेट्रिक टन फोहर उठाइएको छ ।

उठाइएको फोहर लिन काठमाडौँ महानगरपालिकाको गाडी नआएपछि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको गाडीमा राखेर नकुहिने फोहर कार्यालयनजिकको खाली ठाउँमा राखिएको छ । कुहिने फोहर भने नदी किनारमै छोड्ने गरिएकाले एकपटक जम्मा गरिएको फोहर व्यवस्थापन गर्न नपाउँदा फेरि नदीमै मिसिन थालेको छ । फोहर व्यवस्थापन नगर्दा सफाइ महाअभियानको अर्थ नहुने अभियानकर्मीकै भनाइ छ । तैपनि अभियानकर्मी शनिबार बिहान दुई घण्टा राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ नदी सफाइमा सक्रिय हुँदै आएका छन् ।

नदी किनारबाट फोहर टिपी किनारमै थुपारेर फेरि नदीमै मिसिनेक्रम चार महिनादेखि बढ्न थालेपछि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गाडीको व्यवस्था गरी कार्यालय परिसरको खाली स्थानमा राखेर व्यवस्थापन गर्न थालेको सञ्चालक सदस्यसमेत रहनुभएका सफाइ अभियानकर्मी डा. माला खरेल जानकारी दिनुहुन्छ । यसबीचमा केही समयमात्र फोहर उठेको छ । टिपेको फोहर व्यवस्थापन नहुँदा हिँड्दैछ पाइला मेट्दैछ भने झैँ नदी फेरि प्रदूषित हुनेक्रम चलिरहेको छ ।महाअभियानले सफाइका क्रममा जम्मा भएको नकुहिने फोहर व्यवस्थापन गरे पनि राजधानीवासीका घर घरमा जम्मा भएको फोहर नदी किनारमा थुपारिरहँदा नदीमा जति सफाइ गरे पनि फोहरमुक्त बनाउन नसकिने अवस्थामा पुगेको अभियानकर्मी खरेल सुनाउनुहुन्छ । शनिबार सिनामङ्गलको गुह्येश्वरी माध्यमिक विद्यालय परिसरअघिको नदी किनारमा गरिएको सफाइमा सयौँ अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले राससलाई बताउनुहुन्छ ।

सफाइका क्रममा नदी किनारमा उम्रिएको झाडी फँडानी गर्नाका साथै घरदैलो गरी चेतना जागरण पनि गरिएको उहाँको भनाइ छ । जतिपटक आम मानिसमा जागरण फैलाए पनि फोहरलाई राजधानीवासीले वर्गीकरण नगर्दा पनि व्यवस्थापनमा समस्या आउने गरेको छ । कुहिने फोहरलाई घरमै जैविक मल बनाएर कौसीमा तरकारी खेती गर्न सकिने भए पनि धेरैको यसतर्फ ध्यान जान सकेको छैन ।

नौ वर्षदेखिको सफाइ अभियानले सार्थक भएन
नौ वर्षदेखि वाग्मतीलगायत राजधानीका नदी सफाइ अभियान जारी छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन ।महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी पनि सफाइ अभियान पनि सुरु गरिएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ । राजधानीमा जति स्थानमा सफाइ भए पनि फोहर व्यवस्थापन नहुँदा अभियानबाट केही हुन नसकेजस्तो सन्देश गएको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । गुह्येश्वरीमाथिको वाग्मतीलगायत यसका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ अभियान चलिरहेको जनाइएको छ ।

ललितपुरको गोदावरी र भक्तपुरको हनुमन्ते खोलामा पनि सफाइ अभियान जारी छ । अभियानकर्मीको सक्रियतामा देशव्यापी रुपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको भने हुनुपर्नेजति सहयोग भएको छैन । फोहर व्यवस्थापन गर्नु स्थानीय सरकारकै दायित्व भएपनि यसमा रुचि देखाइएको छैन । देशको राजधानी काठमाडौँ उपत्यकामा चार महिनाभन्दा लामो समयदेखि फोहर उठेको छैन । सांस्कृतिक शहरका रुपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ । यसले पर्यटन व्यवसाय धराशायी बन्ने चिन्ता बढाएको छ ।

पछिल्लो समय पर्यटकीय सहर पोखरामा समेत लामो समयदेखि फोहर व्यवस्थापनमा समस्या आएको गुनासो बढ्न थालेको छ । फोहर व्यवस्थापनमा स्थानीय सरकार मौन बसेका छन् । फोहर व्यवस्थापनमा स्थानीय सरकार चुकेको भन्दै जनता आक्रोशित छन् । काठमाडौँ उपत्यकामा नदी किनार र पोखरामा तालका किनारमा फोहर फाल्न थाल्दासमेत स्थानीय सरकार मूकदर्शक बनेका हुन् ।
स्थानीय सरकार फोहर व्यवस्थापन आफ्नो काम होइन जस्तो गरी पन्छने गरेका छन् । केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई यस विषयमा प्रश्न गर्न आम समुदायमा आह्वान गरेका थिए ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेनन् ।स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएर नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेपछि राजधानी काठमाडौँमा फोहर व्यवस्थापनको विषयमा बहस चलेको छ । महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र शाह पछिल्लो समय फोहर व्यवस्थापनका समस्या समाधानका लागि लाग्नुभएको छ । फोहर समस्या समाधान गरेर देखाउने उहाँको प्रतिबद्धता छ । यसअघि सबै दलले जारी गरेको घोषणापत्रमा फोहर व्यवस्थापनलाई मुख्य बुँदाका रुपमा उठाएका थिए । निर्वाचन जितेपछि भने यसलाई बिर्सने गरेकाले समस्या आउने गरेको अभियानकर्मी कञ्चन राउत बताउनुहुन्छ । दललाई तिनका प्रतिबद्धता सम्झाउन सचेत नागरिकले दबाबमूलक अभियान जारी राख्नुपर्ने उहाँको भनाइ छ । महानगर प्रमुख शाहले भने फोहर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्नुभएको र पहिलो कार्यपलिकाको बैठकदेखिकै बहसले देखाएको छ । रासस