२६ पुष २०८१, शुक्रबार
,
Latest
आज पनि पृथ्वीको न्याय आवश्यक छ ?  अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड नेपालमा सम्भावना नै छैन भन्ने भाष्य परिवर्तन गर्नु आवश्यक छ: अध्यक्ष ढकाल सरकारको सदासयतालाई कमजोरी नठान्न अर्थमन्त्रीद्वारा निर्माण व्यवसायीहरुलाई आग्रह नवलपुरको दुम्कीबासमा पुल भासिँदा पूर्व-पश्चिम राजमार्ग पूर्ण अवरुद्ध मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधारमा जोड अध्यक्ष दाहाल—नेपाल र लिङदेनबीच सिंहदरबारमा भेट, समसामयिक राजनीतिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा क्षयरोगको औषधि अभाव



अ+ अ-

तुलसीपुर । दाङमा क्षयरोगका बिरामीको लागि औषधि अभाव भएको छ । १४ वर्ष मुनिका बच्चाका लागि ‘एचजेडआर’ नामक औषधि अभाव रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका क्षयरोग फोकल पर्सन रेणु आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशबाटै औषधि आपूर्ति नहुँदा यस्तो समस्या देखिएको हो । “ठूलो उमेरका मानिसका लागि औषधिको खासै समस्या देखिएको छैन, तर बच्चाहरूका लागि ‘एचजेडआर’ निकै समस्या रहेको छ”, उहाँले भन्नुभयो ।

जिल्लाका हरेक अस्पतालमा यो औषधि अभाव भएपछि औषधि माग्न प्रादेशिक अस्पतालमै पुग्ने गरेको समेत उहाँले बताउनुभयो । हाल प्रादेशिक अस्पतालमा १४ वर्ष मुनिका सात बच्चाले सो औषधि सेवन गरिरहेका छन् ।

साथै १४ वर्षदेखि माथिका डेढ सय बिरामीले क्षयरोगको औषधि सेवन गरिरहेको प्रादेशिक अस्पतालले जनाएको छ । जिल्लामा १५ दिनदेखि औषधि अभावको समस्या रहेको छ । औषधि आपूर्तिका लागि प्रदेश र केन्द्रमा पनि पहल भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा ओम अर्यालले जानकारी दिनुभयो । औषधि सेवन गरिरहेका बिरामीलाई औषधि छुटाउनै नहुने भएकाले तत्काल आपूर्ति गर्ने बताउनुभयो ।