२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो पहिलो काठमाडौँ यात्रा स्मरण गर्दा भावुक बने प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौँ । आफ्नो पहिलो काठमाडौँ यात्राका बारेमा बताउँदा प्रधानमन्त्री शेरबहादुर देउवा भावुक हुनुभएको छ ।

सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको ११ औँ साधारणसभामा उहाँले आफ्नो पहिलो काठमाडौँ यात्रा सम्झिँदै सुदूरपश्चिमको गरिबी, बेरोजगारी समस्या र सम्भावनाबारे सम्बोधन गर्नुभयो ।

उहाँले डोटीको उच्चाकोटबाट एसएलसी पास गरेपछि पहिलोपटक काठमाडौँ पढ्न आएको स्मरण गर्नुभयो । “ ‘धनगढीसम्म पैदल, धनगढीबाट रेल चढेर लखनउ, लखनउबाट गुवाहटी, त्यहाँबाट रेल चेञ्ज गरेर रक्सौल पुगेँ । रक्सौलबाट गाडी चढेर काठमाडौँ आएँ । पहिला त्यस्तो अवस्था थियो ।”

उहाँले अब काठमाडौँ आउन त्यस्तो अवस्था नभएको बताउनुभयो । उहाँका अनुसार अहिले बाटो जोडिएको छ, सुदूरपश्चिम जाने बाटो बनेको छ र जिल्ला जिल्ला जाने बाटो बनेको छ ।

यद्यपि प्रधानमन्त्री देउवाले सुदूरपश्चिम अझै पनि विकासबा हिसाबले निकै पछाडि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गरिबी अझै पनि घटेको छैन । हाम्रा युवाहरू अझै बम्बई, मद्रास जाने गर्छन् । लाहुर जाने भन्छन् । यस्तो अवस्था छ ।” सुदूरपश्चिमको आर्थिक अवस्था अझै पनि माथि उठ्न नसकेको उहाँले बताउनुभयो ।

यद्यपि उहाँले सुदूरपश्चिमको सम्भावना अझै रहेको बताउनुभयो । उहाँका अनुसार महाकाली र सेती नदीको विकास गर्न सकेको अवस्थामा सुदूरपश्चिम धनी हुनसक्छ ।