२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईफा अवार्डः ४ अवार्डसहित ‘शेर शाह’ उत्कृष्ट फिल्म, विक्की कौशल उत्कृष्ट अभिनेता



अ+ अ-

एजेन्सी । शनिबार दुवईको अबुधाबीमा बलिउडको प्रतिष्ठित अवार्ड ‘आइफा अवार्ड’को घोषणा गरियो । उक्त समारोहमा सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी स्टारर फिल्म ‘शेर शाह’ निकै हिट भयो ।

यो उत्कृष्ट चलचित्र घोषित भयो भने यसले चार अर्वाड हात पार्यो । यसैगरी विक्की कौशलले ‘सरदार उधम’ बाट उत्कृष्ट अभिनेता र ‘मिमी’ बाट कृति सेननले उत्कृष्ट अभिनेत्रीको अवार्ड जिते ।

‘शेरशाह’का लागि विष्णु वर्धनलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरियो । पंकज त्रिपाठीले ‘लुडो’ बाट उत्कृष्ट सहायक अभिनेताको अवार्ड पाए । सुनील शेट्टीका छोरा आहान शेट्टीले फिल्म ‘तडप’का लागि बेस्ट मेल डेब्युको अवार्ड जिते भने ‘मिमी’बाट साई ताम्हनकरले उत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितेकी छन् ।

कार्यक्रममा सलमान खान, ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, विक्की कौशल, कृति सेनन, अनन्या पाण्डे, सारा अली खान, एआर रहमान, टाइगर श्राफ, नोरा फतेही, नर्गिस फाखरी र पंकज त्रिपाठी लगायत धेरै सेलिब्रेटीहरू उपस्थित थिए ।