७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको लाइम एण्ड लेमन मा “आल्बाट्रोस” ब्यान्ड



अ+ अ-

चितवन । चितवनमा कोरोना का कारणले शिथिल हुन पुगेका होटल तथा रेष्टुरेण्ट ब्यवसाय बिस्तारै पूर्ववत रुपमा संचालनमा आउन थालेका छन ।लाईभ म्यूज़िक , दोहोरी साँझ लगाएत ले ब्यवसायलाई कोरोना पूर्वकै स्थितिमा फर्काउन लागिपरेका देखिन्छन ।

यसै क्रममा भरतपुरमा रहेको लाईभ म्यूज़िक क्यफे लाइम एण्ड लेमन ले पूर्ववत रुपमै प्रत्येक हप्ता शुक्रवार , शनिवार राष्ट्रीय रुपमा चिरपरिचित कलाकार तथा ब्यान्डहरुलाई स्टेजमा उतार्न थालेक़ो छ । गत हप्ता मात्र राष्ट्रीय कलाकार सबिन राई सहित ब्यान्डको कार्यक्रम गरेको लाइम एण्ड लेमन ले आगामी २१ गते शनिवार काठमान्डौ को चर्चित ब्यान्ड “ आल्बाट्रोस “ले स्टेज तताउने जानकारी क्यफेका संचालक सागर पौडेलले जानकारी दिए ।

युवापुस्ताको पहिलो छनौटमा रहेको यस ब्यान्ड ले “आवाज़, खसेका तारा , कोशिश , निश्चल ‘ जस्ता चर्चित गीतहरु मार्फ़त दर्शक श्रोता माझ आफुलाइ स्थापित बनाएको छ । दर्शकहरूलाइ सहजका लागि यस कार्यक्रमको टिकट eSewa मार्फ़त पनि लिन सकिने भएको ले कार्यक्रममा आऊने दर्शकले अग्रिम टिकट लिएको खण्डमा केही सहुलीयत हुने पनि पौडेल बताऊछन ।