१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

राष्ट्रिय सभाबाट यौनअपराधबिरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत

राष्ट्रिय सभाबाट यौनअपराधबिरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत
अ अ+ अ-

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभाबाट यौन अपराधबिरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धि संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

शुक्रवार बसेको सभाको बैठकले सभाबाट स्वीकृत यौन अपराधबिरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रश्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देश गरेको छ । यौन अपराधबिरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धि संकल्प प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य कमला पन्त प्रश्तावक र डा. विमला राई पौड्याल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भई दर्ता गर्नुभएको यौन अपराधबिरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धि संकल्प प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

उहाँले भन्नुभयो, ‘माननीय कमला पन्त प्रश्तावक र माननीय डा. विमला राई पौड्याल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भई दर्ता गर्नुभएको यौन अपराधबिरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धि संकल्प प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु ।

माननीय सदस्यहरु सभाबाट स्वीकृत यौन अपराधबिरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रश्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई यो सभा निर्देश गर्दछ ।’

राष्ट्रिय सभाको अर्को बैठक जेठ २४ गते दिउँसो १ बजे बस्नेछ ।