१ पुष २०८२, मंगलवार
,
Latest
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसूरमा फरार रहेका व्यक्ति पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । बैंकिङ कसूर मुद्दामा रु १६ लाख ५० हजार जरिवाना तोकिएर फरार रहेका खोटाङ घर भई हाल भक्तपुरस्थित थिमीमा बस्ने ईन्द्रकुमार राइलाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरस्थित ग्लोबल आइएमइ बैंकको शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेपछि उक्त कसूरमा मुद्दा परेको थियो ।

उच्च अदालत पाटनको वैशाख ५ को फैसलाले राईलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा चार दिन कैद र १६ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आज काठमाडौँको चाबहिलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ ।