१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

जिल्ला समन्वय समिति बागलुङको निर्वाचन जेठ ३१ मा

जिल्ला समन्वय समिति बागलुङको निर्वाचन जेठ ३१ मा
अ अ+ अ-

बलेवा । जिल्ला समन्वय समिति बागलुङको निर्वाचन कार्यतालिक सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार जिससको नयाँ नेतृत्व चयनका लागि मतदान जेठ ३१ गतेका लागि तोकिएको छ ।

जेठ २४ गते एकै दिन मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधन मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २५ गते मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने रहेको छ ।

जेठ २६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएका उमेदवारको सूची प्रकाशन गर्ने रहेको छ । २७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २८ गते मनोनयन पत्रको जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । २९ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने रहेको छ ।

निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै जिल्ला समन्वय समितिको नेतृत्वको विषयमा चर्चा सुरु भएको छ । बागलुङमा ११ प्रमुख/तथा उपप्रमुख जितेको नेपाली कांग्रेस जिससका लागि एकल बहुमत भएको पार्टी हो । दोस्रोमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले समान चार/चार सिट जितेका छन् । नेकपा (एमाले)ले भने एक सिट मात्रै जितेकाले उसको मतभार एकमात्रै हो । जिससका लागि दश स्थानीय तह रहेको बागलुङमा २० मत छ ।

बहुमत रहेको पार्टी कांग्रेस भए पनि यहाँ जिससको नेतृत्व भने राष्ट्रिय जनमोर्चाले पाउने चर्चा छ । पालिका प्रमुख÷उपप्रमुख एक सिटसमेत नजितेको नेकपा (एकीकृत समाजवादी)ले जिसको उपप्रमुख पाउने छ ।

“पहिले भएको सहमतिको आधारमा राजमोलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख दिने निर्णय भएको छ”, जिससका संयोजकसमेत रहनुभएका राजमो नेता राजेन्द्र ढुङ्गानाले भन्नुभयो, “बाँकी सात जना सदस्यको विषयमा दलहरुबीच छलफल हुनेछ ।” तर, कांग्रेसका एक तहका नेताले भने एकल बहुमत भएका बेला सहमति तोडेरै भए पनि जिससको प्रमुख आफँैले लिनुपर्ने धारणा राख्दै आएका छन् ।

जिससको पदाधिकारी वा सदस्य हुन पालिका वा वडा तहमा निर्वाचन जितेको हुनुपर्ने व्यवस्था छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा काठेखोला गाउँपालिकाको वडासदस्यमा निर्वाचित भएकाले उहाँनै सम्भवत जिल्ला समन्वय समितिको संयोजक बन्ने चर्चा छ ।

स्थानीय तह निर्वाचन–२०७९ को कार्यविधिअनुसार पालिकामा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको बढीमा १५ दिनभित्र कार्यपालिका सदस्यको लागि निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने जिससमा एक महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

बागलुङमा पहिलो पदभार ग्रहण जेठ ५ गते भएकाले आउँदो असार ५ गतेभित्रै जिल्ला समन्वय समितिको नेतृत्व चयन हुनुपर्ने थियो । यसअघि २०७४ साल साउन १९ गते जिल्ला समन्वय समितिको निर्वाचन भएको थियो । एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनले त्यतिबेला जिससको नेतृत्व गरेको थियो भने यसपटक एमाले जिससबाट बाहिरिने छ ।