५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा छैनन् – झलनाथ खनाल



file
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गर्नु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुग्नुभएका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको पनि बताउनु भयो । वाम एकता आवश्यक भएपनि वामपन्थी आन्दोलनका मुल नेता भन्नेहरुनै एकताको पक्षमा नरहेको उहाँको गुनासो थियो । खनालले नेताहरुले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो – ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफुलाई मुल भन्ने नेताहरु जुन छन् नि ति नेताहरु एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदै खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरुको न्यून उपस्थिति हुनु राम्रो नभएको बताउनुभयो । संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरु आउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो राजनीतिक पार्टीहरुले र स्वयम् सांसदहरुले संसदलाई कसरी हेर्नुहुन्छ, त्यसको महत्वलाई कसरी बुझ्नुहुन्छ, त्यहाँ हुने बहश, छलफल र आफैले पनि त्यसमा सहभागी हुने कुराको महत्वलाई कत्तिको गम्भिरतापुर्वक लिनुहुन्छ भन्ने कुरा माथि पनि निर्भर गर्छ । यसरी संसदप्रति उपेक्षा गरिनु राम्रो होइन । उपेक्षा गर्दै गयो भने यसले धेरै नराम्रा परिणामहरु ल्याउन सक्छ ।’




भर्खरै