५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चन्द्रागिरि डिजिटल युगमा: ‘क्यूआर कोड’ मार्फत राजस्व सङ्कलन



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगरपालिका र वडाको राजस्व सङ्कलनका लागि अत्याधुनिक सूचना प्रणालीको उपयोग गर्न सुरुआत गरेको छ । यसका लागि उसले ‘क्यूआर कोड’ मार्फत पनि राजस्व सङ्कलन प्रारम्भ गरेको छ ।

यससँगै यही जेठ महिनाभित्र नगरपालिका तथा वडाका राजस्वसम्बन्धी सम्पूर्ण सेवा डिजिटल वालेट, कनेक्ट आइपिएस लगायतका अनलाइन सेवामार्फत सुरु हुनेछ । नगर तथा वडाका सेवाग्राहीलाई एसएमएसमार्फत सुसूचित गर्ने कार्य पनि तत्कालै सुरु हुने नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘क्यूआर कोड’ सेवाको शुभारम्भ गर्नुहँुदै नगरपालिकाले निर्माण गरी हस्तान्तरणको चरणमा रहेको जिपिएस/ जिआइएस प्रणालीको नगर प्रोफाइललाई यस अनलाइन सेवासँग जोडिने कार्य पनि यथाशीघ्र सम्पन्न हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यसपश्चात् नगरवासीले सम्पूर्ण सेवा अनलाइनमार्फत घरमै बसी उपभोग गर्न सक्दछन् ।” आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख गरेअनुसार नगरपालिकामा प्रविधियुक्त सुशासन कायम गर्न यस किसिमको अनलाइन सेवाले अह्म् भूमिका हुने नगरप्रमुख गिरीले बताउनुभयो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उहाँ दोस्रो कार्यकालका लागि नगरप्रमुख पदमा निर्वाचित हुनुभएको थियो । “उत्पादन रोजगार र बजारीकरण ः प्रविधि युक्त सुशासन’ भन्ने नारालाई उहाँले प्राथमिकता दिनुभएको छ ।




भर्खरै