२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा करेन्ट लागेर महिलाको मृत्यु



अ+ अ-

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नं २३ स्थित बैराठपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा बिजुली सर्ट भई बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

मृत्यु भएकी महिला सोही स्थान बस्ने रामविनय साहकी श्रीमती रहेको प्रहरीले बताएको छ । मृत्यु हुने महिला ३५ वर्षीया प्रभादेवी साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी साहको वीरगञ्जस्थित तराई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।