६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीको जिल्ला समन्वय समितीमा एमालेको प्यानलै विजयी



अ+ अ-

पोखरा । जिल्ला समन्वय समिति कास्कीमा नेकपा (एमाले)को प्यानलनै विजयी भएको छ ।

समितिको प्रमुख पदमा एमालेका लीलाधर पौडेलले ६ मत ल्याउँदै विजयी भएका हुन् । नेपाली कांग्रेसका दीपेन्द्र ढकालले ४ मत ल्याए ।

यस्तै उप प्रमुख पदमा एमालेकी सरिता कुमाल ६ मत ल्याउँदै विजयी भइन् भने कांग्रेसकी उषा थापाले ४ मत पाइन् ।

सदस्यमा एमालेको तर्फबाट बालिका सुवेदी, राजु अधिकारी र हर्क बहादुर गुरुङले समान ६ मत ल्याउँदै विजयी भएका छन् ।

यता महिला सदस्यमा पनि एमालेका लक्ष्मी दमै, सीता विक र सुक माया ६/६ मत ल्याउँदै विजयी भएका छन् । दलित वा अल्पसंख्यक सदस्यमा एमालेका गणेश बहादुर घर्ती जिसिले पनि ६ मत ल्याउँदै विजयी भए ।