३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली विद्यार्थी चीन फर्कन पाउने, शिक्षा मन्त्रालयले निकाल्यो सूचना



अ+ अ-

काठमाडौं । चीनका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरु चीन फर्कन पाउने भएका छन् ।

शिक्षा मन्त्रालयले आज प्रकाशन गरेको सूचनामा विद्यार्थीहरु चरणबद्ध रुपमा चीन फर्कन पाउन लागेका हुन् । धेरै नेपाली विद्यार्थीहरु चीनमा कोभिड १९ को महामारी फैलिएसँगै त्रासका कारण नेपाल फर्किएका थिए । तर चीन र नेपाल दुबै मुलुकमा कोभिड संक्रमण घटे पनि नेपाली विद्यार्थी चीन फर्कन पाएका थिएनन् ।

यस विषयमा नेपालले चीनसँग पटक पटक आग्रह गरिरहेको थियो ।

मन्त्रालयले जारी गरेको सूचनामा पहिलो चरणमा २८१ जना नेपाली विद्यार्थीलाई अध्ययन निरन्तरताको अवसर प्राप्त भएको छ । यद्यपी अझै ठूलो संख्यामा नेपाली विद्यार्थी चीन फर्कने प्रतीक्षामा रहेका छन् ।

चीन फर्कन लागेका विद्यार्थीले पुनः भिसा लिनुपर्ने र त्यसका लागि निवेदन दिन समेत मन्त्रालयले आग्रह गरेको छ ।

चीनमा अध्ययनरत नपेाली विद्याथीहरूको विती सम्बन्धी सूचना ।