४ श्रावण २०८३, सोमबार
,
Latest
एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार चोरमारामा सडक अवरुद्ध हुने



अ+ अ-

नवलपुर । यही जेठ २२ गते आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारामा छ घण्टा सडक अवरुद्ध हुने भएको छ । सो स्थानको गिरुबारी खोलाको पुल मर्मतका लागि सडक अवरुद्ध हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार बिहान ८ बजदेखि दिउँसो २ बजेसम्म पुल मर्मतका हुने छ । पुलको बीच भाडमा भ्वाङ परेका कारण यातायात आवागमन बन्द गरेर नियमित मर्मतसम्भारको काम गर्न लागिएको प्रजिअ घिमिरेले बताउनुभयो ।

उक्त खण्डको वैकल्पिक सडक प्रयोग गर्न समेत प्रशासनले अनुरोध गरेको छ । विस्तारका क्रममा पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डमा पुराना फलामे पुल पुराना भएकाले मर्मत गर्दै यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ । राजमार्ग विस्तारसँगै पुराना फलामका पुल विस्थापित गरी नयाँ पक्की पुल बनाउनका लागि संरचना निर्माणको कामसमेत भइरहेको छ ।