१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

उपप्रमुख जितेका महिला जनप्रतिनिधिलाई प्रमुखमा उठ्नेगरी तयारी गर्न सुवेदीको निर्देशन

उपप्रमुख जितेका महिला जनप्रतिनिधिलाई प्रमुखमा उठ्नेगरी तयारी गर्न सुवेदीको निर्देशन
अ अ+ अ-

काठमाडौं । नेकपा(माओवादी केन्द्र)की नेता पुर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिनुभएको छ ।

शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपप्रमुखमा निर्वाचित महिलाहरुले आगामी निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुपर्ने बताउनुभएको हो । त्यसको निम्ति आउने बाधा, अड्चनमा आफुहरुले साथ दिने उहाँले बताउनुभयो । उहाँले महिला जनप्रतिनिधिहरुले महिलाहरुको क्षमता विकास गराउँदै आफु सँगसँगै अगाडी ल्याउनुपर्ने पनि बताउनुभयो । निर्वाचित जनप्रतिनिधिहरुलाई जनतालाई निराश नबनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो अवसरलाई कसरी हामीले सदुपयोग गर्ने ? तपाईहरु समाजमा गएर, जनताको सेवामा सर्पपित भएर, जनताको मन जितेर, जनतालाई आकर्षित गरेर, जनतालाई विश्वास दिलाएर तपाईहरु यहाँ आउनुभएको छ । यो जनताको विश्वासलाई, जनताको माया, सद्भावलाई हामीले सम्मान गर्नुपर्ने हुन्छ । जनतालाई निराश बनाउनु हुँदैन । अझ बढी तपाईहरुको दोहोरो भुमिका हुन्छ । एउटा, समाजसेवा, राजनीतिक सेवा । दोस्रो महिलाहरुको क्षमता विकास ।

महिलाहरुलाई पनि आफु सँगसँगै अगाडी ल्याउनुप¥यो । पार्टीले दिएको यो अवसरलाई चुनौतिको रुपमा लिदैँ सामना गर्ने । सामना गर्ने हतियार भनेको हाम्रो विचार हो । तपाईहरु जति उपप्रमुख हुनुभएको छ, सबै भोलिको लागि प्रमुखको लागि तयारी गर्नुहोला । त्यसमा के–के बाधा, अड्चन आउँछन् हामी छौँ । पार्टी छ । समाजका सबै अवरोधहरुलाई सामना गर्नुहोला । सबै अवरोधहरुलाई पन्छाउँदै अगाडी बढ्नु होला । त्यसमा सबैको साथ हुन्छ । सबैको सहयोग मिल्छ ।’

उहाँले राजनीतिक परिवर्तनमा महिलाहरुको भुमिका धेरै रहेको उल्लेख गर्नुभयो । अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले शुक्रबार पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बिच बधाई तथा अभिनन्दन गरेको छ ।