२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरी घटना छानविन गर्न सांसद गिरीको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद सरिताकुमारी गिरीले सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका डा. विजयकुमार यादवको हत्या गरिएको भन्दै निष्पक्ष छानविनको माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सभामुख अग्नीप्रसाद सापकोटासँग समय माग गरी सांसद गिरीले नोबेल मेडिकल कलेजमा हाडजोर्नी विशेषज्ञ डा विजयकुमार यादवको यही जेठ १८ गते राति निर्ममतापूर्वक हत्या गरिएको तर प्रशासनले घटनालाई आत्महत्यातर्फ बङ्ग्याउन खोजेको आरोप लगाउनुभयो ।

डा. विजय पाँच वर्षअघि बङ्गलादेशबाट एमबिबिएस अध्यन सकेर नेपाल आएका थिए । सांसद गिरीले भन्नुभयो, “डा. विजयको हत्यालाई प्रशासनले आत्महत्या जस्तो देखाउने प्रयास गरे पनि डेरा वरिपरि डा. विजयको शव घोप्टो पारिराखिएको थियो, त्यो कम्पाउण्ड बाहिर मृतकको रगत जताततै छरिएको थियो, साथै शरीरमा आक्रमणका चिह्न रहेका थिए तर घटानास्थलमा रहेका प्रमाण नेपाल प्रहरीले नष्ट गर्न खोजेको छ ।”

डा. विजयको हत्यामा मेडिकल कलेजकै डाक्टर, कर्मचारी र औषधि पसलेको संलग्नता रहेको मृतकको परिवारले दावी गर्दै आएको सांसद गिरीको भनाइ छ । हत्या काण्डको मसिनो गरी छानविन गर्न एक संसदीय छानविन समिति गठन गरी कृतक परिवारलाई न्याय गर्नुपर्ने सांसद गिरीको भनाइ छ ।




भर्खरै