२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरी घटना छानविन गर्न सांसद गिरीको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद सरिताकुमारी गिरीले सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका डा. विजयकुमार यादवको हत्या गरिएको भन्दै निष्पक्ष छानविनको माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सभामुख अग्नीप्रसाद सापकोटासँग समय माग गरी सांसद गिरीले नोबेल मेडिकल कलेजमा हाडजोर्नी विशेषज्ञ डा विजयकुमार यादवको यही जेठ १८ गते राति निर्ममतापूर्वक हत्या गरिएको तर प्रशासनले घटनालाई आत्महत्यातर्फ बङ्ग्याउन खोजेको आरोप लगाउनुभयो ।

डा. विजय पाँच वर्षअघि बङ्गलादेशबाट एमबिबिएस अध्यन सकेर नेपाल आएका थिए । सांसद गिरीले भन्नुभयो, “डा. विजयको हत्यालाई प्रशासनले आत्महत्या जस्तो देखाउने प्रयास गरे पनि डेरा वरिपरि डा. विजयको शव घोप्टो पारिराखिएको थियो, त्यो कम्पाउण्ड बाहिर मृतकको रगत जताततै छरिएको थियो, साथै शरीरमा आक्रमणका चिह्न रहेका थिए तर घटानास्थलमा रहेका प्रमाण नेपाल प्रहरीले नष्ट गर्न खोजेको छ ।”

डा. विजयको हत्यामा मेडिकल कलेजकै डाक्टर, कर्मचारी र औषधि पसलेको संलग्नता रहेको मृतकको परिवारले दावी गर्दै आएको सांसद गिरीको भनाइ छ । हत्या काण्डको मसिनो गरी छानविन गर्न एक संसदीय छानविन समिति गठन गरी कृतक परिवारलाई न्याय गर्नुपर्ने सांसद गिरीको भनाइ छ ।




भर्खरै