२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोड लगानीमा बाख्रापालन



अ+ अ-

तनहुँ । गङ्गादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गङ्गादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएका छन् । रु डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले रु एक करोड बढी लगानी गरिसकेका छन् । व्यास नगरपालिका–४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका हुन् ।

हालसम्म बैंकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब रु एक करोड लगानी भएको फार्म सञ्चालक गङ्गादेवीले जानकारी दिनुभयो । करिब एक सयको हाराहारीमा बाख्रा छन् । अष्टे«लियाबाट रु तीन लाख मूल्यमा एक बोका खरिद गरेर ल्याएको फार्म सञ्चालक देवीप्रसादले बताउनुभयो ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको रु बीस लाख पचास हजार अनुदान दिने भएकाले हालै मात्र सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।