• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई कुलमानको आह्वान ★   बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ: प्रधानमन्त्री ★   लोकमार्ग छेउछाउमा बढ्दै बस्ती ★   राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालबाट राजीनामा ★   स्वास्थ्य क्षेत्रको सुधार गर्न भन्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव ★   महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल जारी छ: मन्त्री चौधरी ★   कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु ★   वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन ★   सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन ★   पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न

पाँच दलीय गठबन्धन सङ्घीय निर्वाचनसम्म जान्छ: प्रवक्ता महत



चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहमा भएको गठबन्धन आउने निर्वाचनसम्म जाने बताउनुभएको हो ।

स्थानीय तहको निर्वाचन समग्रमा सकारात्मक परिणाम आएको भन्दै उहाँले गठबन्धनको बैठकमा भएको निर्णयलाई आधार मान्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेसले अहंकार कहिल्यै नराखेको भन्दै उहाँले गठबन्धन दलका नेताहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षणका क्रममा बोलेको कुराले खासै महत्व नराख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस अहंकारको बाटोमा छँदै छैन, दाहालले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भन्नुभयो होला, त्यसलाई धेरै महत्व दिनुपर्छ भन्ने लाग्दैन ।”

आउने जिल्ला समन्वय समितिको निर्वाचनमा समेत गठबन्धनका दलबीच सहमति भएको भन्दै उहाँले सोही निर्णयानुसार प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनका नेताबीचमा भएका सहमति प्रतिबद्ध भएर पालना गरौँ ।” कहीँकतै अपवादका रुपमा गठबन्धन विरोधी गतिविधि भएको उहाँले बताउनुभयो ।