२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु पर्दैन



अ+ अ-

सिन्धुपाल्चोक । गत साल निर्माणगरे लगत्तैअसार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्चीखोला वारपार गर्न बाध्य थिए । हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरुलाई तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल निर्माण भएपछि ती बस्तीमा सहजै आवतजावत गर्न सजिलो भएको हेलम्बु–१ का वडाध्यक्ष दावा ग्यालजेन शेर्पाले बतउनुभयो । उहाँका अनुसार गत साल असार र साउनको बाढीले निर्माण गरेको लगत्तै पक्की पुल बगाएकाले ती बस्तीमा तुइनको सहारामा मानिसले आवतजावत गरिरहेका थिए ।

स्थानीय बासिन्दाका साथै मुलुककै नमूनाको रुपमा चिनिने मेलम्ची घ्याङ माध्यमिक विद्यालयसमेत रहेको मेलम्ची घ्याङ बस्तीमा टाढाटाढाका साना विद्यार्थीलाई विद्यालय आउनजान कठिनाइ परेकोले प्राथमिकतामा राखी तीन महिनामै पुल निर्माण गरिएकोे हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब तुइनको जोखिम यात्रा गरेर मेलम्ची खोला तर्नुपर्ने समस्या टरेको छ । यस कार्यका लागी सहयोग गर्नुहुने सम्बन्धित सबैप्रति आभारी छु। यस वर्ष पनि बाढीले पु¥याउन सक्ने क्षतिप्रति हामि सचेत छौँ ।” अध्यक्ष शेर्पाका अनुसार उक्त पुल निर्माणपश्चात् बस्तीका बासिन्दा र विद्यालयका विद्यार्थी मात्र नभई मेलम्ची घ्याङको बाटोबाट ठाडेपाटी हुँदै गोसाँइकुण्डसम्म जाने तीर्थयात्री र पर्यटकको लागि पनि सहज भएको छ ।