• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण ★   बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम ★   टीआरसीमा सहमति खोज्न प्रमुख दल सहमत ★   अधिकांश ठाउँमा भीषण वर्षा, लगातार तीन दिन पानी पर्ने ★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा

नर्सरीबाट मनग्ये आम्दानी



गलेश्वर । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाका एक कृषकले रु ४० लाखको लगानीमा डेढ रोपनी जग्गामा स्थापना गरेको नर्सरीमा ४० हजार बढी सुन्तलाका बिरुवा तयारी अवस्थामा छन् ।

मङ्गला–४ बरङ्जाको आरकुलीका रेशम बुढाथोकीले आफ्नै घरछेउमा जग्गामा नर्सरी स्थापना गरी मनग्ये आम्दानीसमेत गर्दै आउनुभएको छ ।

उहाँका नर्सरीमा अहिले १८ महिनाका २५ हजार र ३२ महिनाका करिब १५ हजार स्थानीय बाँसखर्क जातका सुन्तलाका बिरुवा बिक्रीका लागि तयारी भएको उहाँले जानकारी दिनुभयो । नर्सरीमा उत्पादन गरिएका सुन्तलाका बिरुवाको परीक्षण (पिसिआर) पनि गरिएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट विज्ञको टोली ल्याई परीक्षण गर्दा बिरुवामा रोग नदेखिएको उहाँले बताउनुभयो ।

एक हजार ६३० मिटरको उचाइमा उत्पादन गरिएको बिरुवा भएकाले उत्पादन राम्रो दिने उहाँको भनाइ छ । जिल्ला तथा आसपासका कृषकलाई नर्सरीमा आई बिरुवा खरिद गरी व्यावसायिक सुन्तला खेती गर्न बुढाथोकीले अनुरोध गर्नुभएको छ । विसं २०६९ देखि व्यावसायिक कृषि पेशा अँगालेका बुढाथोकीको नर्सरीमा हाल सुन्तलासँगै एक हजार २०० ओखरका बिरुवा, चार हजार कागतीका बिरुवा, चार हजार टिमुरका बिरुवा र पाँच हजार डालेघाँसलगायतका बिरुवा तयारी अवस्थामा छन् ।

यसबाहेक ८४ किवीका बोटले अघिल्लो वर्षदेखि उत्पादन दिन सुरु गरेका छन । बरङ्जा नर्सरी तथा पशुपन्छी पालन फर्म दर्ता गरी व्यावसायिक कृषिमा पेसामा लागेका बुढाथोकीको नर्सरीमा हालसम्म करिब रु ४० लाख लगानी पुगको छ । गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र बेनीबाट प्राप्त रु पाँच लाख अनुदानले दुई वटा ग्रीन हाउस निर्माण गरेको कृषक बुढाथोकीले बताउनुभयो ।

यस्तै क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट रु दुई लाख ५० हजार बराबरको कृषि सामग्री सहयोग प्राप्त भएको उहाँको भनाइ छ । तयारी भएका सुन्तलाको बिरुवाको बजारमा भने समस्या भएको छ । बुढाथोकीले नर्सरीबाट वार्षिकरुपमा रु पाँच लाख आम्दानी गर्दै आउनुभएको छ । यसका अलवा उहाँले बाख्रा र माछा पनि पाल्दै आउनुभएको छ । बाख्रापालनबाट पनि राम्रो आम्दानी भइरहेको छ । कुषि व्यवसायमा उहाँलाई गौमती बुढाथोकीले पनि साथ दिनुभएको छ ।