२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण



अ+ अ-

गोरखा । वन्यजन्तुको उपभोगका लागि गोरखाका सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालयले जिल्लाभित्रका सामुदायिक वनमा ‘एक सामुदायिक वन, एक संरक्षण पोखरी’ कार्यक्रमअन्तर्गत हालसम्म १५ पोखरी निर्माण गरेको छ ।

सहायक वन अधिकृत महेश पौडेलका अनुसार पोखरी निर्माणका लागि छनोटमा परेका प्रत्येक सामुदायिक वनलाई कार्यालयले रु एक लाख उपलब्ध गराउँदै आएको छ । “कार्यालयले उपलब्ध गराएको रकमबाहेक थप २० प्रतिशत रकम उपभोक्ताको साझेदारीमा लगानी हुन्छ, उपभोक्ता र कार्यालयको साझेदारीमा सामुदायिक वनमा पोखरी निर्माण गरिँदै आएको छ”, उहाँले भन्नुभयो ।

वन कार्यालयले सकेसम्म सामुदायिक वनमा नजिकै पानीको मुहान भएको ठाउँमा पोखरी निर्माण गर्ने गरेको छ । पानी अभाव भएको स्थानमा समेत बाहिरबाट पाइपमा पानी ल्याएर पोखरीमा सङ्कलन गर्ने गरेको छ । “वन्यजन्तुलाई अब पानीको अभाव हुँदैन”, पौडेलले भन्नुभयो, “त्यसबाट जङ्गली जनावर गाउँबस्तीमा छिर्ने क्रम रोकिने छ ।” पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने उहाँको भनाइ छ ।

जङ्गलमा पोखरी निर्माण गर्दा डढेलो लागेमा त्यसलाई निभाउन पनि सहज हुनेछ । कार्यालयले निर्माण गर्दै आएको पोखरी करिब १३ मिटर लम्बाइ ६ मिटर चौडाइ र झण्डै एक मिटर गहिराइको रहेको छ । कार्यालयले आर्थिक वर्ष २०७५/७६ देखि गोरखाका सामुदायिक वनमा ‘एक सामुदायिक वन, एक–एक पोखरी’ कार्यक्रमअन्तर्गत पोखरी निर्माण गर्दैै आएको हो ।