१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

प्रचण्ड र नेपाललाई कसले गर्यो प्रधानमन्त्रीको अफर ?

प्रचण्ड र नेपाललाई कसले गर्यो प्रधानमन्त्रीको अफर ?
file
अ अ+ अ-

स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिले राम्ररी काम थाल्न नपाउँदै केन्द्रीय सरकार फेरबदल हुने हल्ला चलाइएको छ । यद्यपि, सर्वोच्च अदालतको आदेशबाट गठन भएको वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ढालेर अर्को सरकार बनाउन सर्वोच्चकै आदेश बाधक छ तर, पनि गठबन्धन दलकै प्रमुख दलका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै जनाले आफूलाई प्रधानमन्त्री बन्न अफर आएको बताउँदै हिड्न थालेका छन् ।

प्रचण्डले बिहीबार एक अन्तर्वातामा आफूलाई प्रधानमन्त्री बन्न अफर आएको तर त्यो अफरमा आफू विश्वस्त नरहेको बताए । कसले अफर गर्यो भन्ने विषयमा भने उनले केही बताएका छैनन् । यस्तै, एकीकृत समावादीका अध्यक्ष नेपालले पनि बिहीबार सुर्खेतमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको बताए तर उनले पनि कसले अफर गरेको हो भन्ने’ केही बताएनन् ।

राजनीतिक विश्लेषकका अनुसार अध्यक्ष प्रचण्ड र नेपाल दुवैले गठबन्धनको प्रमुख दल कांग्रेस तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाबमा राखी बार्गेनिङ पावर बढाउन आफूलाई प्रधामन्त्रीको अफर आएको कृत्रिम दाबी गरेका हुन सक्छन् । आउने प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले सिट भागबन्डामा कम सिट दिने संकेत देखाएपछि यतिखेर प्रचण्ड र नेपाल दुवै जना कांग्रेसलाई दबाबमा राखी आफ्नो पार्टीको भागमा पर्ने सिट संख्या वृद्धि गर्ने दाउमा रहेको बताइन्छ । त्यही दाउस्वरूप उनीहरूले प्रधानमन्त्रीको अफर आएको हल्ला आफैँ फैलाएको हुन सक्ने राजनीतिक विश्लेषकको दाबी छ ।

यद्यपि, प्रमुख सत्तारूढ दल कांग्रेसले भने प्रचण्ड र नेपालको चालबाजीलाई राम्रैसँग बुझेर त्यसलाई खासै ध्यान दिएको छैनन् । ‘यो उहाँहरूको चालबाजी भएकाले हामीले खासै ध्यान दिएका छैनौं, प्रतिनिधिसभाको सिट भागबन्डालाई यो विषयसँग हेर्न जरुरी छैन’, कांग्रेसका एक केन्द्रीय नेताले राजधानीसँग भने । एमालेका महासचिव शंकर पोखरेलले बिहीबार नै सामाजिक सञ्जालमार्फत यतिखेर एमाले सरकार परिवर्तनको कुनै खेलमा नलागेको स्पष्ट पारेका छन् ।

महासचिव पोखरेलको यस भनाइबाट एमालेले अरू कसैलाई पनि प्रधानमन्त्रीको कुनै अफर नगरेको स्पष्ट हुन्छ । त्यसो भए प्रचण्ड र नेपाललाई कसले प्रधानमन्त्रीको अफर गर्यो भन्ने प्रश्न सर्वत्र उठिरहेको छ । ‘यतिखेर एमाले सरकार परिवर्तनको कुनै खेलमा छैन विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटिरहेको छ’, एमाले महासचिव पोखरेलले भनेका छन् ।

एमाले नै सरकार परिवर्तनको खेलमा नरहेकाले प्रचण्ड र नेपाललाई कसले प्रधानमन्त्रीको अफर ग¥यो भन्ने प्रश्नको जवाफ उनीहरू स्वयंले दिनुपर्ने देखिएको छ । अब छिट्टै प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिने तयारी भइरहँदा प्रधानमन्त्रीको अफर आयो भन्नु नै राजनीतिक रूपमा अस्थिरता निम्ताउन खोज्नु रहेको विश्लेषकको दाबी छ । राजधानी दैनिक