२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड र नेपाललाई कसले गर्यो प्रधानमन्त्रीको अफर ?



file
अ+ अ-

स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिले राम्ररी काम थाल्न नपाउँदै केन्द्रीय सरकार फेरबदल हुने हल्ला चलाइएको छ । यद्यपि, सर्वोच्च अदालतको आदेशबाट गठन भएको वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ढालेर अर्को सरकार बनाउन सर्वोच्चकै आदेश बाधक छ तर, पनि गठबन्धन दलकै प्रमुख दलका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै जनाले आफूलाई प्रधानमन्त्री बन्न अफर आएको बताउँदै हिड्न थालेका छन् ।

प्रचण्डले बिहीबार एक अन्तर्वातामा आफूलाई प्रधानमन्त्री बन्न अफर आएको तर त्यो अफरमा आफू विश्वस्त नरहेको बताए । कसले अफर गर्यो भन्ने विषयमा भने उनले केही बताएका छैनन् । यस्तै, एकीकृत समावादीका अध्यक्ष नेपालले पनि बिहीबार सुर्खेतमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको बताए तर उनले पनि कसले अफर गरेको हो भन्ने’ केही बताएनन् ।

राजनीतिक विश्लेषकका अनुसार अध्यक्ष प्रचण्ड र नेपाल दुवैले गठबन्धनको प्रमुख दल कांग्रेस तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाबमा राखी बार्गेनिङ पावर बढाउन आफूलाई प्रधामन्त्रीको अफर आएको कृत्रिम दाबी गरेका हुन सक्छन् । आउने प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले सिट भागबन्डामा कम सिट दिने संकेत देखाएपछि यतिखेर प्रचण्ड र नेपाल दुवै जना कांग्रेसलाई दबाबमा राखी आफ्नो पार्टीको भागमा पर्ने सिट संख्या वृद्धि गर्ने दाउमा रहेको बताइन्छ । त्यही दाउस्वरूप उनीहरूले प्रधानमन्त्रीको अफर आएको हल्ला आफैँ फैलाएको हुन सक्ने राजनीतिक विश्लेषकको दाबी छ ।

यद्यपि, प्रमुख सत्तारूढ दल कांग्रेसले भने प्रचण्ड र नेपालको चालबाजीलाई राम्रैसँग बुझेर त्यसलाई खासै ध्यान दिएको छैनन् । ‘यो उहाँहरूको चालबाजी भएकाले हामीले खासै ध्यान दिएका छैनौं, प्रतिनिधिसभाको सिट भागबन्डालाई यो विषयसँग हेर्न जरुरी छैन’, कांग्रेसका एक केन्द्रीय नेताले राजधानीसँग भने । एमालेका महासचिव शंकर पोखरेलले बिहीबार नै सामाजिक सञ्जालमार्फत यतिखेर एमाले सरकार परिवर्तनको कुनै खेलमा नलागेको स्पष्ट पारेका छन् ।

महासचिव पोखरेलको यस भनाइबाट एमालेले अरू कसैलाई पनि प्रधानमन्त्रीको कुनै अफर नगरेको स्पष्ट हुन्छ । त्यसो भए प्रचण्ड र नेपाललाई कसले प्रधानमन्त्रीको अफर गर्यो भन्ने प्रश्न सर्वत्र उठिरहेको छ । ‘यतिखेर एमाले सरकार परिवर्तनको कुनै खेलमा छैन विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटिरहेको छ’, एमाले महासचिव पोखरेलले भनेका छन् ।

एमाले नै सरकार परिवर्तनको खेलमा नरहेकाले प्रचण्ड र नेपाललाई कसले प्रधानमन्त्रीको अफर ग¥यो भन्ने प्रश्नको जवाफ उनीहरू स्वयंले दिनुपर्ने देखिएको छ । अब छिट्टै प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिने तयारी भइरहँदा प्रधानमन्त्रीको अफर आयो भन्नु नै राजनीतिक रूपमा अस्थिरता निम्ताउन खोज्नु रहेको विश्लेषकको दाबी छ । राजधानी दैनिक