५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शालिक तोडेर ईतिहास मेटिन्न: पूर्वराजा शाह



अ+ अ-

काठमाडौ। पूर्वराजा ज्ञानेन्द्र शाहले बाँके जिल्लाको नेपागञ्जस्थित वीरेन्द्रचोकमा स्वतःस्फूर्त सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुर्नस्थापना गर्ने कार्यप्रति अवरोध पुयाईएको घटनाबाट स्तव्ध भएका जनाउनु भएको छ ।

बिहिबार साँझ पूर्वराजको सचिवालयले सामाजिक संञ्जालमा एक सन्देश जारी गर्दे स्तव्ध भएको छ । बिज्ञप्तिमा भनिएको छ – ईतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्धारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ भन्ने मान्यता हाम्रो रहेको छ ।

सन्देशको पूर्णपाठ

नेपालको गौरवमय ईतिहासमा हाम्रा प्यारा आदरणीय दाजु वीरेन्द्रको गहनतम योगदान रहेको सर्वविदित नै छ । राष्ट्रिय जनमत संग्रह, युगानुकुलको बहुदलीय संसदीय प्रणाली, क्षेत्रिय विकासको अवधारणा तथा शान्ति र समुन्नतिको गहन चिन्तन उहाँको स्मरणीय विषय हुन् ।

जुनसुकै विचार, दर्शन, अवलम्वन गरिए पनि देशको निम्ति विशिष्ठ योगदान पुरयाउने महामोनाहरुको स्मरण गर्ने परम्परा विश्वव्यापी रुपमा चलि आएको छ । त्यसैले, ईतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसूफको सालिक स्थापनाको विषयमा नेपालगञ्जमा जुन प्रकारको अप्रिय घटना भयो , त्यो अत्यन्त दुःखदायी हो । ईतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्धारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ भन्ने मान्यता हाम्रो रहेको छ ।

जय नेपाल
मितिः २०७९ जेठ १९