१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठकः युवापुस्तालाई समेट्ने गरी बजेट ल्याउनुपर्छ



अ+ अ-

काठमाडौं । सांसद विन्दा पाण्डेले उपसभामुखको निर्वाचन अविलम्ब गर्नुपर्ने माग गर्दै युवापुस्तालाई समेटने गरी बजेट ल्याउन जरुरी भएको सुझाव दिनुभयो ।

प्रतिनिधिभसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलका विषयमा उहाँले अहिलेका युवापुस्ताले बजेटका शब्दशब्दमा आफ्नो भविष्य खोजिरहेको हुनाले नीति, बजेट र कार्यक्रम बनाउँदा नयाँपुस्तालाई ध्यान दिनेगरी ल्याउनुपर्ने सुझाव दिनुभयो ।

सांसद गङ्गा चौधरी सत्गौवाले बजेट चुनावमुखी भएको उल्लेख गर्दै एक हजार ४५० सडकको बजेट कहाँ गयो, यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने माग गर्नुभयो । उहाँले २५ जिल्लामा महिलालाई सुत्केरी भत्ता दिने सरकारले बजेटमा ल्याएको छ तर समानरुपमा ७७ जिल्लाकै महिलालाई सुत्केरी भत्ता दिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद सुजाता परियारले नेपाली उत्पादनमा वृद्धि र स्वेदेशी वस्तु र उत्पादन बढाउने खालको भएको, मुसहरसहित विपन्न आवास तथा जमिन दिने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

सांसद नवीना लामाले महँगी अत्यधिक बढेको छ, शिक्षा र स्वास्थ्यमा विभेद देखिएको छ, सामाजिक सुरक्षामा भत्ता दिँदा विपन्न र पछाडि परेकालाई दिँदा अझ राम्रो हुनेथियो भन्नुभयो ।

सांसद नवराज रावतले कृषि क्षेत्रमा राम्रो बजेट आए तापनि किताबमा सीमित रहने र मल ल्याउने कुरामा बढी ध्यान दिनुपर्छ भन्नुभयो ।

सांसद राजबहादुर बुढाले शिक्षाजस्तो महत्वपूर्ण विषयमा बजेट घटेको र विज्ञान र प्रविधिलाई आफ्नो बनाउन सकिएन भने मुलुकको स्वाधीनता पछाडि पर्ने सुझाव राख्नुभयो ।

सांसद जगतबहादुर विश्वकर्माले शोषण, उत्पीडित र दलित समुदायलाई माथि उठाउन बजेटमा रकम छुट्याउन सुझाव दिनुभयो । सांसद रेखाकुमारीले महँगी बढेको तर बजेटमा महँगी घटाउने विषयमा कुनै पनि कार्यक्रम नभएको उल्लेख गर्दै गरिबलाई अझ गरिब र धनीलाई अझ धनी बनाउने बजेट आएको बताउनुभयो ।

सांसद शान्तिमाया पाख्रिन तामाङले सरकारले महत्वाकाङ्क्षी बजेटमा ल्याएको र कार्यान्वयन हुनेमा कठिनाइ देखिएको सुझाव दिनुभयो ।

सांसदहरु शान्ता चौधरी र आशाकुमारी विकले बजेटमा आन्तरिक पुँजी वृद्धि र युवालाई रोजगार दिने योजना भएको बताउनुभयो ।