• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

पोखरा महानगरः वडाध्यक्षमा ३ मतले पराजित थापाले हाले मुद्दा



पोखरा । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत पोखरा महानगरपालिका–१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेका नेकपा एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।

उनले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजीको मागसहित मुद्दा दर्ता गरेका हुन् ।

उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाका छन् ।

उक्त वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो ।

गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको उनको आरोप छ ।

थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनः गणनाको मागसहित निवेदन समेत दिएका थिए