• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने सांसद श्रेष्ठको जोड



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं वासी नै प्रधानमन्त्री र महत्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकारको ध्यान राजधानी बनाउने कुराहरुमा जान नसकेको पनि बताउनु भयो । सांसद श्रेष्ठले काठमाडौंलाई बस्न, घुम्न, हेर्न र हिँडडुल गर्नसक्ने राजधानी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौं जस्तो सांस्कृतिक शहरलाई मौलिकता कायम गर्ने गरी विकासका योजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं देशको राजधानी हो । मैले पटकपटक यो कुरा उठाइरहेको छु । अहिले राजधानीका विषयमा, यहाँका विकासका कुरामा, यातायातलाई व्यवस्थित गर्नको लागि अहिले पनि आएको छ । फ्लाइओभर राख्ने कुराहरु । अण्डरपास बनाउने कुराहरु । यो निरन्तर रुपमा आइरहेको छ । तर यो कार्यान्वयनमा जान सकिरहेको छैन । एउटा समस्या त्यहाँ छ । देशको राजधानी भनेको अनुहार हो ।

सबैले पहिला हेर्ने भनेको राजधानी हो । राजधानीमा आइसकेपछि शहरको सुन्दरता, यहाँको व्यवस्थापन, यहाँको वातावरण सबै कुरा हेरेर कसैले देशको अवस्था कस्तो रहेछ भनेर मनस्थिति बनाएको हुन्छ । हामीले हाम्रो राजधानी काठमाडौंलाई बनाउनको लागि मलाई अहिलेसम्म बिजिरहेको कुरा, म यहीँ जन्मिएर हुर्किएको मान्छे, राजधानी बनाउन राजधानीबाट नै प्रधानमन्त्री बन्नुपर्ने हो कि ? राजधानीबाट नै महत्वपूर्ण मन्त्रीहरु हुनुपर्ने हो कि ? त्यसपछि मात्रै यो राजधानी बन्ने हो कि ? सरकारको ध्यान राजधानी बनाउने कुराहरुमा यथेष्ठ किन जान सकिरहेको छैन ? मलाई चिन्ताको विषय लागिरहेको छ । बस्न योग्य राजधानी बनाउनु प¥यो । हेर्नयोग्य, घुम्न योग्य राजधानी बनाउनु प¥यो । हरेक पर्यटक घुम्न आउँ भन्ने राजधानी बनाउनु प¥यो ।

राजधानीलाई बनाउने कुरामा एकीकृत ढंगबाट योजना ल्याउने, देशका पूर्वाधार गर्ने कुराहरु गर्नुपर्छ । आजपनि राजधानीको बीच सडकमा पानी जम्ने, घरभित्र पानी पस्ने, जसले जनजीवन अस्तव्यस्त बनाइरहेको छ । राजधानीमा ५ मिनेट हिँडेर घुमौँ भन्ने वातावरण छैन । हामी समृद्धिका कुरा गरिरहेका छौँ । तर आज राजधानी बनाउने कुरा गर्दैनौँ भने हाम्रो देश बनाएका छौँ भनेर कसैलाई पनि भन्न सक्दैनौँ । सांस्कृतिक शहरलाई मौलिकता कायम गर्ने गरी विकासका योजना अघि बढाउने कि नबढाउने ? सांस्कृतिक शहर नै कायम रहनेगरी राजधानीको विकासको खाका कोर्नुपर्छ । ¥यापिट ट्रान्जिट खालका बसको सिस्टम अघि बढाउने हो भने ५ महिनामै यो काम हुनसक्छ ।’

सांसद श्रेष्ठले काठमाडौंमा ¥यापिट ट्रान्जिट खालका बसको सिस्टम अघि बढाउन पनि सरकारसँग आग्रह गर्नुभयो ।