७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरप्रमुख सिंहद्वारा बसपार्क क्षेत्रको अनुगमन



अ+ अ-

वीरगञ्ज । यहाँस्थित बसपार्कको अवस्था अस्तव्यस्त रहेको जनगुनासो आएपछि नगर प्रमुख राजेशमान सिंहले आज सो क्षेत्रको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । बसपार्क निर्माण सम्पन्न भएको करिब तीन वर्ष नपुग्दै भौतिक संरचना जीर्ण हुन लागेको र मुख्य भवन प्रयोग नभइकनै जीर्ण हुन लागेको जनाइएको छ ।

प्रमुख सिंह समक्ष करिब दुई सय काउण्टर रहेको बसपार्कमा १० मात्र उपयोगमा आएकोमा व्यवसायीले गुनासो गरेका थिए । सो अवसरमा व्यसायीले बसपार्कमा ठेकदार पक्षले पाएको जिम्मेवार पूरा नगर्ने, सरसफाइ नगर्ने, उद्यान व्यवस्थित नगर्ने, अव्यवस्थित शौचालय लगायातका अनेकौँ समस्या रहेको नगरप्रमुख सिंह लाई ध्यानआकर्षण समेत गराएका थिए ।

बसपार्कभित्र प्रहरीको लागि निमार्ण भएको सुरक्षा भवन पनि प्रहरी नबस्दै जीर्ण बन्न थालेको हो । नगरप्रमुख सिंहले अवलोकन पश्चात् जिम्मेवारी पाएको सम्पूर्ण नियकालाई विभिन्न समस्या तत्काल समाधान गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।