२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरप्रमुख सिंहद्वारा बसपार्क क्षेत्रको अनुगमन



अ+ अ-

वीरगञ्ज । यहाँस्थित बसपार्कको अवस्था अस्तव्यस्त रहेको जनगुनासो आएपछि नगर प्रमुख राजेशमान सिंहले आज सो क्षेत्रको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । बसपार्क निर्माण सम्पन्न भएको करिब तीन वर्ष नपुग्दै भौतिक संरचना जीर्ण हुन लागेको र मुख्य भवन प्रयोग नभइकनै जीर्ण हुन लागेको जनाइएको छ ।

प्रमुख सिंह समक्ष करिब दुई सय काउण्टर रहेको बसपार्कमा १० मात्र उपयोगमा आएकोमा व्यवसायीले गुनासो गरेका थिए । सो अवसरमा व्यसायीले बसपार्कमा ठेकदार पक्षले पाएको जिम्मेवार पूरा नगर्ने, सरसफाइ नगर्ने, उद्यान व्यवस्थित नगर्ने, अव्यवस्थित शौचालय लगायातका अनेकौँ समस्या रहेको नगरप्रमुख सिंह लाई ध्यानआकर्षण समेत गराएका थिए ।

बसपार्कभित्र प्रहरीको लागि निमार्ण भएको सुरक्षा भवन पनि प्रहरी नबस्दै जीर्ण बन्न थालेको हो । नगरप्रमुख सिंहले अवलोकन पश्चात् जिम्मेवारी पाएको सम्पूर्ण नियकालाई विभिन्न समस्या तत्काल समाधान गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।