• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   हैदरावादले लखनउलाई १० विकेटले हरायो, आईपीएल इतिहासमा १५० माथिको स्कोरको सबैभन्दा छिटो रन चेज ★   बायर्नलाई हराउँदै रियल मड्रिड च्यम्पियन्स लिगको फाइनलमा ★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद ★   सरकारले सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने ★   सन्दिप प्रकरण: आफू बिरुद्ध ‘नियोजित षडयन्त्र गर्नेलाई’ कानूनी दायरामा ल्याउने पारस खड्काको चेतावनी ★   लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान ★   कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह ★   पितापुर्खाको सीप पछ्याउँदै मह सिकार ★   संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी ★   भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

आयात घटाएर राजस्वमा वृद्धि गर्न सकिँदैनः प्रदीपकुमार ज्ञवाली



काठमाडौं । नेकपा(एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने बताउनुभयो । राजस्वको ठुलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने उहाँले बताउनुभयो । उहाँले सेनिटरी प्याड र विद्युतिय सवारी साधनको आयातमा ठुला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको उल्लेख गर्नुभयो । सांसद ज्ञवालीले शिक्षामा अर्बौ रुपैयाँ देश बाहिर गएको भन्दै त्यसलाई रोक्ने कुनै पनि कार्यक्रम बजेटले ल्याउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘एकातिर आयात घटाउँछु भन्नुहुन्छ, अर्कोतिर राजस्व बढाउँछु भन्नुहुन्छ । जबकी हाम्रो राजस्वको अत्याधिक ठुलो हिस्सा आयातमाथि निर्भर छ । कयौँ चिजहरु यस्तो छ जहाँ निश्चित व्यापारिक घरानालाई फाइदा हुनेगरी ल्याउनु भएको देखिन्छ । सेनिटरी प्याडको, विद्युतिय सवारी साधनको बारेमा जेजस्ता कुराहरु आइरहेका छन् यसअघि नै रेकर्ड भइसकेको हुनाले म दोहो¥याउन चाहान्न । पुँजिगत खर्च घटाउनुभएको छ । करिब २१ प्रतिशत छ । २१ प्रतिशत पुँजिगत खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धि यसको लागि त नयाँ आडम स्मिथ खोज्नुपर्ने हो कि ? नयाँ माक्र्स खोज्नुपर्ने हो कि ? हाम्रो सोझो अर्थतन्त्रको हिसाबले त यो कुरा कहीँ हुन्छ जस्तो मलाई लाग्दैन ।

सेवामा समेत हाम्रो ठुलो पैसा बाहिरिएको छ । यो वर्ष मात्रै झण्डै ४४ अर्ब रुपैयाँ शिक्षामा हाम्रो बाहिरियो । त्यसलाई रोक्न खोई हामीसँग कार्यक्रम ? त्यसको आधा मात्रै यहाँ देशभित्र शिक्षामा लगानी गर्ने हो भने हाम्रो सेवामा बाहिरिइरहेको पैसा त रोक्न सकिन्थ्यो । यस सम्बन्धी मैले कुनैपनि कार्यक्रमहरु देखिन ।’

सांसद ज्ञवालीले सरकारको क्रियाकलापले विदेशी लगानी भित्राउन नसकिने बताउनुभयो । उहाँले बिगतमा एमसीसीलाई गिजोलेजस्तै गरी अहिले बुढीगण्डकीलाई गिजोलिएको बताउनुभयो । सरकारले विदेशी लगानीकर्तालाई विश्वासको सन्देश दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ । तर तपाईहरुको क्रियाकलापले विदेशी लगानीकर्तालाई त लगातार हतोत्साही गराइरहेको छ । हिजो गिजोल्नुसम्म गिजोलियो एमसीसी । कुरो त जहाँको त्यही छ तर एमसीसी पास गर्नुभो । आज फेरी त्यसैगरी बुढीगण्डकी गिजोल्दै हुनुहुन्छ । यसले लगानीकर्तालाई बाह्य जगतलाई विश्वासको सन्देश दिदैनँ । विश्वास भएन भने लगानी गर्दैन ।’

प्रस्तुत बजेटले अर्थतन्त्रको मुलभुत समस्यालाई समाधान गर्न नसक्ने उहाँको भनाई छ ।