२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिजोलेर भए पनि एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद: एमाले नेता ज्ञवाली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अति धेरै गिजोलेर भए पनि एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै नेता ज्ञवालीले राजनीतिक ध्येय साँध्नका लागि ठूला योजनाहरूलाई नगिजोल्न सुझाव दिए । उनले विद्युत् परियोजनाहरूलाई नगिजोल्न पनि सरकार र सत्तारुढ दलका नेताहरूलाई आग्रह गरे ।

उनको संकेत बूढीगण्डकी जलविद्युत् परियोजनातर्फ थियो । सो परियोजना चीनलाई बनाउन दिने निर्णय उल्ट्याएर सरकार आफैँले बनाउने निर्णय गरेको छ । उनले भने, “अहिले फेरि त्यसैगरी बुढीगण्डकी गिजोल्दै हुनुहुन्छ । सरकार परिवर्तन भए पनि नीतिको स्थिरता र निरन्तरता हुनुपर्ने हो । नयाँ सरकार आउनेवित्तिकै यस्ता कुराहरुमा परिवर्तन हुँदैन भन्ने अनुमान गर्ने कुरा हो । यो गिजोल्ने कुरामा किन आनन्द आउँछ ? ”