• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

प्रधानमन्त्रीको प्रलोभनमा पर्दिनँ : माधव नेपाल



सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताउनुभएको छ । सुर्खेतमा आयोजना गरिएको स्थानीय तहको निर्वाचनमा पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा उहाँले प्रधानमन्त्रीका लागि आफू कुनै पनि प्रकारको प्रलोभन र लालचमा नपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा प्रधानमन्त्रीको अफर आएको बताउनुभएको भन्दै अध्यक्ष नेपालले भन्नुभयो, “मैले उहाँलाई त्यस्तो प्रस्ताव आफूलाई पनि आएको छ भनेर संकेत गरेँ, म प्रधानमन्त्रीका लागि कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे होइन्, यो कार्ड मान्छेलाई मूर्ख बनाउने तरिका मात्र हो ।”

उहाँले वाम गठबन्धन र नेकपा (एमाले) सँग एकीकरणको चर्चा चले पनि तत्काल यी दुवैको सम्भावना नरहेको बताउनुभयो । उहाँका अनुसार एमालेसँग एकीकरण वा गठबन्धनको सम्भावना छैन ।