१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने भएको हो । 

एमाले केन्‍द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीमा विधान महाधिवेशनमा पेस गर्न विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । एमालेले १५/१७ असोजमा विधान महाधिवेशनआयोजना गर्दैछ ।

त्यसअघि एमालेले च्यासलमै संविधान दिवसका अवसरमा कार्यक्रम गर्दैछ । बिहान ११ बजे आयोजना हुने संविधान दिवस कार्यक्रमका प्रमुख वक्ता एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन् । च्यासलमै साढे ११ बज पार्टी प्रवेश कार्यक्रम तय भएको छ ।