२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकको चौतारामा रहेका सरकारी कार्यालयको अनुगमन



अ+ अ-

सिन्धुपाल्चोक । जिल्ला सदरमुकाम चौतारामा रहेका सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । बुधबार प्रशासन कार्यालयले विभिन्न २१ सरकारी कार्यालयमा अनुगमन गरेको हो ।

छ कार्यालयका ११ कर्मचारी अनुपस्थित रहेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार जिल्ला मालपोत कार्यालयमा दुई, विद्युत प्राधिकरण शाखा कार्यालयमा तीन, शिक्षा समन्वय एकाइमा एक, पूर्वाधार विकास कार्यालयमा दुई, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा एक र स्वास्थ्य कार्यालयमा एक गरी जम्मा ११ कर्मचारी अनुगमनको समयमा अनुपस्थिति रहेका थिए ।

बिहान ९ देखि ११ बजेसम्म गरिएको अनुगमनमा अधिकांश कर्मचारीले कार्यालय पोशाक पनि नलगाएको देखिएको श्रेष्ठले जानकारी दिनुभयो । अनुगमनका क्रममा अनुपस्थित रहेका कर्मचारीका बारेमा तत्काललाई सम्बन्धित कार्यालयलाई स्पष्टीकरण सोधिने र दोस्रो चरणमा पनि उही कर्मचारी अनुपस्थित रहेमा सम्बन्धित कर्मचारीलाई नै स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अगाडि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।