१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डपत्नी सीतालाई उच्च पदक



अ+ अ-

काठमाडौं । सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नि सिता दाहाललाई पदकले सम्मान गरिने भएको छ । सरकारले अध्यक्ष प्रचण्डकी धर्मपत्निलाई सर्वोच्चका न्यायाधीशहरु सरहको प्रबल जनसेवाश्री पदक दिइएको हो । 

यस्तै प्रतिनिधिसभा विघटनको मुद्दामा शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने सबै कानून व्यवसायीहरुले पदक पाएका छन् ।

प्रधानमन्त्री देउवाको तर्फबाट बहस गर्ने बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्काले पनि प्रबल जनसेवाश्री पाएका हुन् ।

यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणी र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्वल कीर्तिमय राष्ट्रद्वीप पदकबाट विभूषित गरिने भएको छ ।

सर्वोच्चका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीलाई प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ । पहिलो पटक प्रतिनिधिसभा विघटनको मुद्धालाई बदर गर्ने सबै न्यायाधीशहरु विभूषित हुने भएका हुन् ।